लेखक समा श्री
नाकाबन्दीको पीडादायी तीन महिना पुगिसकेको छ । अझै कति दिन झेल्नु पर्ने हो थाहा छैन । यो नाकाबन्दी, तराईको आन्दोलनले धेरैको हातबाट रोजगारी खोसिएको छ । आम नेपालको चुलो बलेको छैन । बालबालिकाहरुकोप पढाई नराम्री प्रभावित भएको छ । समग्रमा भन्नुपर्दा नेपालीहरुको खुसी खोसिएको छ । दशै, तिहार, छठ त खोसियो नै । नाकाबन्दी उत्तरको पीडा पनि हुने नै छ । यो नाकाबन्दीले राष्ट्रलाई कति नोक्सानी पु¥यायो त्यो सरकारले जारी गरेको श्वेतपत्रले प्रष्ट पार्छ । हालै प्रधानमन्त्री केपी ओलीले विकास गर्ने आफ्नो सपना चकनाचुर भयो भने । विज्ञहरुले नेपालको विकास १० वर्ष पछाडि धकलियो भनिरहेका छन् । भूकम्पले भन्दा बढी नोक्सानी नाकाबन्दीले गरेको रिपोर्टहरु आइरहेका छन् । यो समग्र अर्थतन्त्रको कुरा होइन म एउटा आम नेपालीले भोग्नु परेको पीडामा केन्द्रीत हुन चाहन्छ्ु ।
गृहणीहरुलाई दैनिकी चलाउन ईन्धनकै कारण धौधौ भएको छ । खाना पकाउने ग्यास नहुँद हिटर, इन्डक्सन चुलो आदि प्रयोग गरिरहेका छन् । चरम लोडसेडिङले विद्युतीय उपकरण चलाउन मुस्किल बनेको छ । खाना पकाउने र खाने समय लोडसेडिङको तालिकाका आधारमा हुन थालेको छ । तर काम गर्न जाने, स्कुल कलेज जानेहरुकालागि त तोकिएकै समयमा खाना तयार पार्नु पर्ने हुन्छ । खाना पकाउन कतिपयले दाउराको प्रयोग पनि गरेका छन् । तर डेरामा बस्नेले दाउराको प्रयोग गर्न पाउँदैनन् । चार तले घरको कुनै एक तलामा दाउरा बाल्यो भने चारै तलामा धुवा पुग्छ । दाउरा बाल्ने चुल्हो पनि हुँदैन सबैसँग । घरबेटीले दाउरा बाल्ने अनुमति पनि दिदैनन् । त्यस्ता जनताले के गर्ने ? कसरी पकाउने कसरी खाने ?

काठमाडौंका धेरै जसो विद्यालयले विद्यार्थीहरुलाई जंक फुडलाई टिफिनको रुपमा ल्याउन दिदैनन् । तर अभिभावकले घरमै पकाएको खाद्यवस्तु टिफिनको रुपमा दिन सक्दैनन् । जसका कारण अहिले बालबालिकाहरुको टिफिन बक्समा चाउचाउ, विस्कुट, चिउरा भुजिया राख्न अभिभावक बाध्य छन् ।
चिसोमा तातो पानी मात्रै समयमा पिउन पायो भने चिसोबाट बच्न सकिन्छ । तर त्यही तातोपानी तताउँने इन्धन नहुँदा बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिकामा निमोनिया, कोल्ड डायरिया जस्ता रोगले प्रभावित पार्न सक्ने जोखिम उस्तै छ । वृद्धवृद्धाका दीर्घरोगहरु बढ्ने सम्भावना उस्तै हुन्छ ।
आधा भरिएको सिलिण्डरका लागि दिनहुँ सिलिन्डर बोकेर लाइनमा जाने, साँझ रित्तै फर्किने दैनिकीमा महिलाहरु पिल्सिरहेका छन् । धेरैजसो पुरुषहरु काममा जाने र महिलाहरुले घर सम्हाल्ने नेपाली समाजको परम्परागत चलनबाट हामी जानकार नै छौं । पुरुष काममा जाने भएकोले घरायसी काममा महिलाहरु नै अघि नसरी हुँदैन । पुरुषले महिलाहरुलाई सहयोग गरे पनि त्यसले खास अर्थ विषम परिस्थितिका कारण राख्न सकेको देखिन्न । विद्युत आपूर्ति नियमित नहुँदा कतिपय ठाउँमा धारामा पानी पनि आउँदैन । मोटरबाट पानी तान्न नसकेर काकाकुल भएका नागरिक पनि काठमाडौंमा धेरै छन् । विद्युतको लोड एकै पटक पर्दा कैयन ठाउँका ट्रान्सफर्मर पड्केका छन् लगातार तीन चार दिनसम्म विद्युत नभएर समस्या झेल्नेको अवस्थाउस्तै छ ।

यो त भयो काठमाडौको कुरा । भूकम्पले सात लाख घर भत्केका छन् । ती पीडितहरु पालमा छन अझै । पालमुनी बालबालिका, बृद्धवृद्धा सबै बस्छन् । उनीहरुको दैनिकी यो चिसोमा कस्तो होला ? यीनै पीडितहरुमा पनि काठमाडौमा राजनीति भइरहेको सुन्दा जो कोहीको मन कुँडिन्छ । भूकम्पपीडितको भाग खोसेर नेताहरु आफ्नै सन्तानको लागि मात्रै सोच्दैछन भने यस्ता नेताबाट के आशा गर्ने ? यो पनि दूःख लाग्दो विषय हो ।
चार लिटर पेट्रोलका लागि दुई दिन मोटरसाइकल लाइनमा राख्ने होस वा एक लिटर खानेतेललाई दोब्बर मूल्य तिर्नु पर्ने कुरा होस यसले नेपाली समाज नराम्ररी थिल्थिलिएको छ । कालोबजारीले हरेक वस्तुको मूल्य बढाएको छ । तर त्यसरी नै आय बढ्दैन । जसका कारण दैनिक उपभोग्य वस्तुमा धेरै खर्च गर्नु पर्छ । त्यसमा पनि जीवन धान्ने दाल चामल, तरकारी आदिकै लागि धेरै खर्च गर्नु पर्छ । फलस्वरुप दुध, दही, फलफूल, माछा मासुमा उपभोक्ताको पहुँच कम हुन्छ । यसले बढ्दो उमेरका बालबालिकालाई प्रभाव पार्छ । बालबालिका कुपोषणको सिकार हुन सक्छ । वयस्कहरुमा पनि प्रभाव नपर्ने कुरै भएन । आय नबढ्ने तर वस्तुको मूल्य बढ्दा उपभोक्ताको क्रयशक्ति कमजोर हुने र गरिबीको दुष्चक्रमा फस्ने निश्चित छ ।
समग्रमा यसले अर्थतन्त्रमा नराम्रो असर गर्छ । एक व्यक्ति एक परिवारलाई जसरी नाकाबन्दीलाई असर गर्छ ठीक त्यसै गरी राष्ट्रलाई पनि गर्ने हो ।
समस्याका ढेर र विवरणका थाँती प्रस्तुत गरेर मात्रै समस्या समाधान हुन सक्दैन । समाधानका सूत्रहरु पहिल्याउनु पर्छ । भारतले नेपालमा पहिलो पटक नाकाबन्दी गरेको होइन । यो अन्तिम हो भन्न पनि सकिदैन । तीन तिरबाट भारतबाट घेरिएको भारतबाट हामी फेरि पनि प्रताडित हुन सक्छौं । यस्तो अवस्थामा पहिलो त व्यापार विविधिकरण गर्नु सबैजसो विज्ञहरुले सुझाएका छन् । दोस्रो आत्मनिर्भर अर्थतन्त्र वा भनौं अन्तरनिर्भर अर्थतन्त्र । यसका लागि हामी नेपालीले नेपालमै उपलव्ध जल, जमिन(कृषि), जडिबुटी र पर्यटनमा विकास गर्न सक्छौ । किनभने यो सम्भव छ ।

त्यो पनि १० देखि १५ वर्ष भित्रैमा । हामीले जापानका जस्ता मोटरकार, डेनमार्कको जस्तो बियर, अमेरिकाको जस्तो कम्प्यूटर सफ्टवेयर, चीनको जस्तो खेलौना उत्पादन गरेर विश्व बजारमा पुर्याउन सक्दैनौं । तर हामी पर्यटनको माध्यमबाट सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, हिमश्रृङखला बेच्न सक्छौं । अलैची, अदुवा, दुध पनि बेच्न सक्छौं । जडिबुटी प्रशोधन गरेर हर्वल प्रोडक्ट बेच्न सक्छौं । एक वर्ष खाना पकाउने ग्यासमा हुने खर्च जोगाउने हो भने हामीलाई पुग्ने बिजुली यहि उत्पादन हुन्छ । त्यही बिजुलीलाई खाना पकाउने प्रयोग गर्ने हो भने वर्सेनि ग्यासमा हुने खर्च जोगिन्छ । त्यसलाई प्रत्येक वर्ष जलविद्युत, कृषि, पर्यटनमा लगाउने हो भने मुलुक १५ वर्षमा साच्चै परिवर्तन हुन्छ ।
हामी कतिसम्म परनिर्भर र दरिद्र छौं भन्ने सानो एउटा उदाहरण दिन चाहन्छु । काठमाडौंमा ताजा माछाको राम्रो बजार छ । नेपाली उत्पादनले मूल्य पनि पाउँछ । तर दूर्भाग्य त्यही माछा भारतबाट आउँछ । माछा उत्पादन गरेर माछामा आत्मनिर्भर हुन किन नसकेको होला ? पाँच बोट रहरको दाल रोप्ने हो भने वर्षभरी एक परिवारका लागि चाहिने दाल उत्पादन हुन्छ । तर हामी पाँचवटा विरुवा पनि रोप्न नसक्ने अनि किनरे खाने । उन्नत जातको एक खुर्सानीको बोटले ६ महिनामा २० केजीसम्म उत्पादन दिन्छ । तर हामी त्यही खुर्सानी किनेर खान्छौं ।
यसकारण हामीले हाम्रो बानी परिवर्तन गर्नु पर्छ । सरकार चलाउनेहरुले पनि आफ्नो मति सुधारनु पर्छ ।

काठमाडौं हाल इजरायल
No comments:
Post a Comment