Share Bottom

Thursday, December 31, 2015

"बुद्ध जन्मेको देशमा आजका स्वर -लहरीहरु " शीर्षकमा भएको कविता प्रतियोगिताको पुरस्कार वितरण

    भुतपूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु बाट प्रमाणपत्र ग्रहण गर्दै ।
    ( लुम्बिनी कपिलवस्तु दिवस विस्व अभियानको छैटौं वार्षिकोत्सब मनाउने क्रममा "बुद्ध जन्मेको देशमा आजका स्वर -लहरीहरु " शीर्षकमा भएको कविता प्रतियोगितामा प्राप्त पुरस्कार )
    १५ पुस २०७२ 

नाकाबन्दी आत्मनिर्भरताको पाठ हो

नाकाबन्दी आत्मनिर्भरताको पाठ हो

कविता -अष्टमान



     अष्टमान
    सुन्दर छैन
    अनुहार ...
    काठमाडौंका सडक जस्ता छन्
    थुप्रै खाल्डाखुल्डी परेका
    र पनि
    ऊ अनुहारमा वसन्त बोक्छ
    ओठमा फूल फुलाउँछ
    माटोपानीले फुटेका हातहरु
    निधारसम्म उठाएर भान्छ
    "तारेमाम "
    र ङिच्च हाँसिदिन्छ
    सुन्दरताको परिभाषा च्यात्दै
    __________________

    बुसर्ट माथि मैलो इष्टकोट
    शिरमा थेप्चिएको ढाका टोपी
    कानमा चेपिएको गुन स्वाँ
    निधारमा एक धर्को रातो टिका
    मनमा आस्था
    पत्थरमा श्रद्धा
    अष्टमान
    एकाबिहानै
    भेटे जतिलाई आँखा चिम्लेर
    भक्तिले हात उठाएर भनिदिन्छ
    "भगवान् सर्न"
    र पुजिदिन्छ
    जगतमय ईश्वर देख्दै
    ________________
    खोला बगिरहन्छ
    अष्टमान हिँडिरहन्छ
    सूर्य उदाइरहन्छ
    अष्टमान चम्किरहन्छ
    फूल फुलिरहन्छ
    अष्टमान मुस्कुराइरहन्छ
    अष्टमान सरल प्रकृति
    अष्टमान हार्दिक सदभाव
    अष्टमान आनन्दमय प्रेम
    अष्टमान विसुद्ध मानव
    अष्टमान
    सधैँ सधैँ नयाँ वर्ष
    सधैँ सधैँ नयाँ दिन ...|

    {*गुन स्वाँ -गुनकेसरी फुल}

Wednesday, December 2, 2015

कविता -- म नारी हुँ


म नारी तिमी पुरुष उही श्रृष्टिका रचना तात्विक भिन्नता छैन केही सोचका उपजहरु हामी बीच बलिया पर्खाल भएका छन् त्यसैले आऊ बस अगाडि हामी बीचको अस्पष्टता हटाऔं सौन्दर्य कहाँ सीमामा बाँधिन्छन् सुगन्ध कहाँ कैद हुन सक्छन् समयको विस्तार कहाँ रोकिन्छन् म सागर हुँ असीमित चौडा फैलावट पानी पानी सिर्फ पानी एक छेउबाट अर्को छेउ पुगेर तिमी मेरा चौडाइलाई सङकुचित परिभाषित गरिदिन खोज्छौ लघुताभाष त मेरो मृत्यु हो ! आऊ, आउँदा हत्केलामा कर्मका ठेला पारेर तिमी श्रमका पसिना मग्मगाएर आऊ सम्मानित पुरुषार्थ बनेर आऊ आस्था विश्वासको धरोहर बनेर आऊ तिम्रो आगमनमा सम्मानले सहर्ष झुकुन यी नयन आतुरिउन मेरा अभिलाषा हतारिउन मेरा उत्कण्ठा समर्पिउन मेरा अस्तित्व एकाकार भएर असीम तृप्तीका लागि, मोक्षका लागि विभेद यहीँ छ तिमी मात्र करणी चाहन्छौ म समभोग तिमी केवल तृप्ति चाहन्छौ म मोक्ष क्षणिक सहवासका लागि कसरी बिर्सुँ आफ्नो अस्तित्व म शक्ति हुँ म श्रृष्टि हुँ म नारी हुँ ||