Share Bottom

Tuesday, May 2, 2017

पुस्तक समिक्षा :अल्पविराम भित्र पाठक भएर










http://kharibot.com/2017/03/91560/

पुस्तक समिक्षा : अल्पविराम भित्र पाठक भएर समिक्षक +bipulshree sijapati 

प्रश्न त आगो हो र कविले त्यसलाई ज्योति बनाएर समाजलाई बाटो देखाउनुपर्छ । एक सचेत कवि आशावादी हुन्छ र राजनीतिका प्रभावले उत्पन्न जटिलतालाई केलाएर सचेत गर्नु, मार्गनिर्देशित गर्नु कविको धर्म हो र यो धर्म कविबाट पूर्णरुपेण निर्वाह भएको छ । - See more at: http://kharibot.com/2017/03/91560/#sthash.506mUa22.dpuf http://kharibot.com/2017/03/91560/

Monday, May 1, 2017

कवि Ram Gopal Ashutosh भन्नुहुन्छ

कवि समा श्रीका कविताको बान्की लोभलाग्दा हुन्छन् । उनको कविताको कथामा पात्रहरूले बेपर्वाह पौडी खेल्छन् ।
अचेलका कस्मेटिक कविता जो सेमिनार, महोत्सव आदिमा जबर्जस्ती घुस्छन् । र, एउटा स्वघोषित लेवल लाग्छ । कविहरू, कविलाई ग्वाम्लाङ्ग छाँद हाल्न पुछन् ।
तर समा श्रीका कविता पाठकका मुटु छाम्छन् । नशा नशामा पुगेर औषधोपचार गर्छन् । एउटा नशा मलाई पनि लागेको छ । म उस्तो उँचाइमा उडाउने र उड्ने पाठक होइन । तर, मेरो एउटा लत छ कविलाई सार्वजनिक ठाउँमा ग्वाम्लाङ छाँद हाल्ने होइन, कवितालाई मर्फिन शैलीमा पिएर मदहोशीमा बर्बराउने ।
म भक्तपुरे हुँ । भक्तपुरमा कविता उडिरहन्छ । चोक, गल्ली, मठ-मन्दिरमा । काठका टुँडाल या पथ्थरका छातीमा । मन्दिरका भित्ता या भक्तपुर ग्रामका भक्तका गलामा । कविता गुञ्जिरहेको देख्छु ।
म देख्छु कवि समा श्री मजस्तै रैथाने कवि हुन् जो इजरायलमा कविता रोपिरहेकी छन् ।
उनका कविता उताबाट पनि मगमगाइरहेका छन् । तर, अपवाद उनलाई स्विकार्ने हिम्मत प्राय: कवि र आक्टिविष्ट भनाउँदामा छैन ।
* जीवनको पूर्णविराम जित्न
सास लिँदा र सास फेर्दा
पलपल युद्ध लड्नैपर्छ युद्ध जित्नैपर्छ (युद्ध)