कवि Ram Gopal Ashutosh भन्नुहुन्छ
कवि समा श्रीका कविताको बान्की लोभलाग्दा हुन्छन् । उनको कविताको कथामा पात्रहरूले बेपर्वाह पौडी खेल्छन् ।
अचेलका
कस्मेटिक कविता जो सेमिनार, महोत्सव आदिमा जबर्जस्ती घुस्छन् । र, एउटा
स्वघोषित लेवल लाग्छ । कविहरू, कविलाई ग्वाम्लाङ्ग छाँद हाल्न पुछन् ।
तर समा
श्रीका कविता पाठकका मुटु छाम्छन् । नशा नशामा पुगेर औषधोपचार गर्छन् ।
एउटा नशा मलाई पनि लागेको छ । म उस्तो उँचाइमा उडाउने र उड्ने पाठक होइन ।
तर, मेरो एउटा लत छ कविलाई सार्वजनिक ठाउँमा ग्वाम्लाङ छाँद हाल्ने होइन,
कवितालाई मर्फिन शैलीमा पिएर मदहोशीमा बर्बराउने ।
म
भक्तपुरे हुँ । भक्तपुरमा कविता उडिरहन्छ । चोक, गल्ली, मठ-मन्दिरमा ।
काठका टुँडाल या पथ्थरका छातीमा । मन्दिरका भित्ता या भक्तपुर ग्रामका
भक्तका गलामा । कविता गुञ्जिरहेको देख्छु ।
म देख्छु कवि समा श्री मजस्तै रैथाने कवि हुन् जो इजरायलमा कविता रोपिरहेकी छन् ।
उनका कविता उताबाट पनि मगमगाइरहेका छन् । तर, अपवाद उनलाई स्विकार्ने हिम्मत प्राय: कवि र आक्टिविष्ट भनाउँदामा छैन ।
No comments:
Post a Comment