Share Bottom

Monday, September 11, 2017

कविता - म शब्दसँग डराउँछु


म शब्दसँग डराउँछु 




तिमी प्रेम भन या घृणा
दुवै शब्द नै हुन्
एक घाम त
अर्काे त्यही घामले जन्माउनेे छाया

जब अाेंठका पातला चेपबाट
तप्किन्छन् शब्द
तब म खाेज्दछु यसकाे मूल
मस्तिष्कका मिहिन काेशिकाबाट छानिएर
अन्तरालबाट निस्किएका यी बाफ
निस्किएपछि किन
कहिले फूल बन्छ कहिले लावा !
प्रेषक र प्रापककाे बीच
कुन रसायन छ ? कुन भाइरस छ ?
जसले शाब्दिक अर्थ र तात्त्विक अर्थ गाेलमटाेल गर्छ !


कविता लेख्दै गर्दा
डर लाग्छ मलाई शब्द देखेर
सशंकित हुन्छु लेख्दालेख्दै
उत्प्रेरक अलङ्कारहरूमा सजाएर
अर्थ भर्न खाेजेकाे मेराे शब्दले
उत्तेजककाे कालाे बुर्का लगाएर कतै बिद्राेह त गर्दैनन् ?
साेह्रश्रृङ्गारमा लिपपाेत गरेर सुन्दर बनाएकाे शब्द
कतै सुन्दरिलेझैँ विप्लब त मच्चाउँदैनन् ?


जन्मपछि क्षर हुँदैनन्
मासिदैनन् अक्षरहरू
सत्य बन्छन् साक्षी प्रमाण बस्छन्
ईन्द्रेणाीमा घुलिएका हरेक रङ्ग स्पष्ट देखाउँछन् अक्षर
मेराे शब्दकाे प्रेम चिनाउँछ
मेराे शब्दकाे घृणा चिनाउँछ
मलाई खाँट्टी "म" चिनाउँछ
शब्द प्रेम पनि शब्द घृणा पनि
त्यसैले कवितामा
म सधैँ शब्दसँगै हराउँछु पनि
म सधैँ शब्दसँग डराउँछु पनि  ||


{कवि   TP Abhinawभन्नु हुन्छ शब्द हि ब्रह्म है-उपनिषद | कविता एकदमै सुन्दर छ, डर शब्दसँग हो, यात्रा शब्द हुँदै निशब्द तिरको हो |}