Share Bottom

Friday, November 16, 2018

कविता - गुदी

 थाहा छैन
केही नाता सम्बन्धमा
मैलै ताल्चा लगाउन भुलेँ या
ढोका खुल्लै छाेडेर अाएँ
फर्किएर हेरेकाे भए सायद
हेक्का हुन्थ्याे हाेला
तर त्यतिबेला
समय अाफैमा बग्दै थियाे आफ्नै गतिमा

भित्तामा केही तस्वीरहरू छन्
फ्रेममा कैदी भएर थुनिएका
धमिराले खाएका ती तस्वीरहरू
बर्षाैँ ढुसी किराका अाहार बनेका छन्
केही धमिला अनुहार त्यहाँ चिहाउँँदै छन्
अाधाअधुरा फिक्काफिक्का अनुहारहरू
जाे किस्ता किस्तामा जिन्दगी बाँचेका छन्
किस्तामा हारेका अनुहारहरू
कहिल्यै साबुत रहँदैनन्

भित्र खाेक्राे जीवनमा
कतै केही सल्बलाई रहेछ
रगरगाईरहेछ
मानाैं
धमिरा खाेक्राे काठभित्र भाेकाे छ
भाेक
सबैभन्दा ठूलाे अभिशाप हाे जिन्दगीकाे
भाेकले
कहिलेकाँही अाफ्नै अस्तित्व खाइदिन्छ
शून्य बनाइदिन्छ,खाेक्राे बनाई दिन्छ भित्र
तब त चर्किएकाे भित्तामा
कुनै फाेटाे टाँस्न
हम्मेहम्मे पर्छ
किल्ला अड्याउन पनि
गुदी चाहिन्छ
जुन कहिँकतै भित्र बिल्कुल छैन ।