Share Bottom

Thursday, June 16, 2016

कविता - बाका औंला



यी मिर्मिरे हुन्
या 
मेरा पलक फर्फराएका ?
यो सूर्य हो
या
मेरो गति बढेको ?
यो समय हो 
या मेरो दिनचर्या ?
उषाको हाराहारी 
म पनि व्युँतन्छु
सँगैको रविसँग
प्रतिस्पर्धा
आज पनि भएकै छ
 
थाकेको छैन
 
हारेको छैन

लड्दै छु
म भिड्दै छु
बिश्रााममा 
पूर्णकदका दर्पण
प्रतिबिम्बित गर्छन्
मेरो उँचाई
मेरो सफलता
मेरो हिम्मत
तर
कुनामा
सल्वलाएको देख्छु
थाकेको लर्खराएको
एक्लो 
सहाराको लागि
छट्पटाएको 
छहारी हीन
सुशुप्त छाँया

आत्तिएर
सहाराका लागि 
हात फैलाउँछु
अगाडि तेर्सिन्छन्
बा का औंला ....||

गजल

केही मुख बन्द थिए हाँसाे छुटाइदिए ।
सायद सबै हितका थिए घरबार टुटाइदिए ।।

खुल्ला अाकास छानाे हुँदा बच्चा प्रश्न गर्थे,
धन्यवाद छ ! जाे जतिले बादल उठाइदिए ।।

केही इज्जत, केही इमान थियाे जाेगाएकाे,
वेशरमकाे वजारमा सबै लुटाइदिए ।।

चिम थिएँ धिपधिपे अाैकात के थियाे र,
थप उज्यालाे जरुरी थ्याे मलाई फुटाइदिए ।।