Share Bottom

Saturday, January 2, 2016

The imputed face

फेसबुकमा केही कवि र तिनका कविताहरुले मेरो मस्तिष्कलाई सोच, मनलाई शान्ति र बिचारलाई दिशा दिन सफल भएका छन् । ती कविताहरू मध्ये समाश्रीको यो कविता पनि एक हो । यसलाई कनिकुथि अङ्ग्रेजीमा उल्था गर्ने प्रयास गरेको छु ।
A Poem by Shama Shree
The imputed face
A sunset
did not mean the conclude of the sun
But merely an end of a day
The evening Sends back the fatigued sun
Into the womb of the night
flushing the horizon
The daybreak, early in the morning
Belches the sun out Perpetually
if it stops burning
It's does not mean the demise of fire
But merely the process of changing
The liveliness into motionlessness
Beneath the layers of hushed ash
tranquil fire tend to be alive
and ashes
again uncover its shawl
over from the fire
when a petite wind blows
sun in the womb of the night
is the perpetual truth indeed
fire beneath the ashes
is the eternal truth
truth doesn't die within the silence
nor inside the in-activeness Indeed,
truth doesn't die at any cost
being unable to bear the heat of the truth
liquefied reaction throws ashes in the eyes
trumpets their own trumpet
and screams
perpetually they become lax
they become exhausted
be like lava comes
splitting the earth
the truth comes out
ruining the untruth
carrying rays of thousand suns
and at the same moment
I wish to see the imputed face
turning back again and again .

By - Bipul B.Sijapati 

कविता -- कालो पोतिएको अनुहार
सूर्य अस्ताउनुको पर्याय
सूर्यकै अबसान होइन
फगत एकदिनको मात्र अन्त्य हो
सन्ध्या
थाकेको सूर्यलाई
निशाको गर्भमा हुलिदिन्छे
क्षितिज रक्तिम पारेर
उषा एकाबिहानै
पुन: सूर्यलाई ओकेल्छे
क्रमेण क्रमेण
आगो निभ्नुको अर्थ
आगोको मृत्यु होइन
क्रियाशीलता सिथिलतामा बदलिनु मात्र हो
एक तह मौन भुंग्रोभित्र
शान्त आगो जिवितै रहन्छ
खरानी आफ्नो सप्कोले छोपेर
सानो हावा फुकिनासाथ
फेरी उदाङ्ग पारिदिन्छे
क्रमेण क्रमेण
निशाको कोखको सूर्य नियमित सत्य हो
भुंग्रोभित्रको आगो साश्वत सत्य हो
मौनता भित्र सत्य मर्दैन
अक्रियाशिलाता भित्र पनि सत्य मर्दैन
सत्य त मर्दै मर्दैन
तर
तरल सोचका प्रतिक्रियाले
सत्यको तातो सहन नसकेर
आँखामा छारो फ्याँक्छन्
ढोल पिट्छन चिच्याउँछन्
क्रमेण क्रमेण
सिथिल हुन्छन थाक्छन्
धर्ती फोडेर लावा निस्किएझै
सत्य
असत्यलाई खरानी पारेर निस्किन्छ
सहस्र सूर्यको प्रकाश बोकेर
त्यतिबेला मलाई
झुठ पोतिएको अनुहार
फर्की फर्की हेर्न मन लाग्छ ||

No comments: