Share Bottom

Showing posts with label पुस्तक चर्चा. Show all posts
Showing posts with label पुस्तक चर्चा. Show all posts

Tuesday, May 2, 2017

पुस्तक समिक्षा :अल्पविराम भित्र पाठक भएर










http://kharibot.com/2017/03/91560/

पुस्तक समिक्षा : अल्पविराम भित्र पाठक भएर समिक्षक +bipulshree sijapati 

प्रश्न त आगो हो र कविले त्यसलाई ज्योति बनाएर समाजलाई बाटो देखाउनुपर्छ । एक सचेत कवि आशावादी हुन्छ र राजनीतिका प्रभावले उत्पन्न जटिलतालाई केलाएर सचेत गर्नु, मार्गनिर्देशित गर्नु कविको धर्म हो र यो धर्म कविबाट पूर्णरुपेण निर्वाह भएको छ । - See more at: http://kharibot.com/2017/03/91560/#sthash.506mUa22.dpuf http://kharibot.com/2017/03/91560/

Thursday, August 13, 2015

कवि ,गजलकार  रुप रसाइली बिस्वकर्मा जी को वंशलोचन कविता संग्रह पढ्दै गर्दाको अनुभब सामाजिक संजालमा ब्यक्त गर्नु भएको अभिव्यक्ति ....

"बौद्धिक वर्गहरूलाई
गहिरा बिम्बहरूको सम्बोधन
नारी आवाजको मसाल बोकेर
फूलसँग जीवनलाई दाँजेकी
बादलका आकारसँग नाचेकी
एक कविको "वंशलोचन"
हृदयको अन्तस्करणसम्म पुगेर
हल्लाएर छोड्यो मथिंगल
अ हँ, हताहत हैन, कवि मनले सम्हाल्यॊ
र खुसुक्क भन्यॊ
किताबी पानाहरूले
पछ्याउ रूप कवि समा श्रीलाई निरन्तर निरन्तर र कालान्तर।"
— reading वंशलोचन with समा श्री.

Sunday, May 24, 2015

वंशलोचन एक पाठकको नजरमा ।



समा श्री अथवा समा राउत मेरो फेसबुक चलाउदा देखिकै साथी । उहाँ इजरायलमा म कतारमा एक परदेशीको पीडा साटासाट गर्ने चौतारी फेसबुक हुनाले यसै मार्फत एक आत्मियता साटासाट भयो,हामी साथी बाट एक कदम माथी उठेर दिदी भाइको नाता जोड्न थाल्यौ । व्याक्तिगत समा राउत र कवि समा श्रीमा खासै अन्तर छैन,उहाँ कवितामा जसरी खरो उत्रनु हुन्छ अन्यत्र पनि खरोनै हुनुहुन्छ । 

यो आलेख कुनै समालोचना या कुनै स्तुतिगान होइन । माथिल्लो अनुच्छेदमा मैले उहाँ सँगको आत्मियता लेखेर तल उहाँकै स्तुति गाएको होला भन्ने अनुमान लगाउनु भयो भने हजुर 100% गलत हुनुहुन्छ । म यहाँ व्याक्ती समा श्रीको होइन संग्रह वंशलोचनको बारेमा एक पाठकको मत राख्दैछु । यी सबै बिचार मेरो नितान्त व्याक्तिगत हुन,सबैलाई मान्य हुनै पर्छ भन्ने छैन । एक पाठकको नजरमा कस्तो लाग्यो त संग्रह यसैलाइ लेख्ने जमर्को हो ।

परदेशको स्थानमा अर्कालाई बेचेर बचेको समयलाई सदुपयोग गर्न म सधै साहित्यमा हराउने गर्छु,यो मेरो सानै देखीको रुचि हो। समा श्रीको नविनतम कविता संग्रह वंशलोचन मेरो हातमा परेको लगभग एक महिना भयो,यो संग्रह उपलब्ध गराइदिने दाइ रवि रोषीलाई हार्दिक धन्यवाद साथमा कवि ( रचनाकारको लिंग हुन्न भन्ने मान्यतालाई आत्मासाथ गर्दै म कविनै भन्दैछु) समा दिज्युलाई पनि धन्यवाद,कविताको रशपान गर्ने सुनौलो अवसरकोलागी ।

वंशलोचन एक कविता संग्रह यश भित्रका खुराक खान मलाइ एक महिना लाग्यो।कविता एक पढ्ने भन्दा पनि अनुभुती गर्ने विधा हो जस्तो लाग्छ,म अल्छीले पुस्तक पढ्नेहरू भित्र पर्दिन,जब मलाइ मुड चल्छ तब म पुर्णतः भिजेर पढ्छु । परदेशको समय अनि आफ्नो अनौठो बाँनीले एक महिनामा १४४ पेजको पुस्तक आज छिचोले । कविताहरु पढेपछी मेरो मनमा केही कुरा आए त्यसैलाइ लिपिबद्ध गर्दैछु ,आशा छ समा दिदीले भाइको यो नादानी प्रती पक्कै क्षमा गर्नु हुनेछ ।

यो संग्रहले बजारमा निक्कै वाह वाह पायो,पक्का पाउनु पर्ने पनि हो,एक निडर लेखकको कलमले त्यो पाउनै पर्छ । वास्तवमा कोहि पनि पूर्ण छैन हुन सक्दैन,यो संग्रह भित्र पनि सबै एक से एक कविता छैनन् । जसरी मान्छेका आफ्नै हातको औला त समान छैनन भने मनको भाव सधै एकै नाशको हुन्न यो सत्यलाई स्विकार्दै म पनि भन्छु वंशलोचन एक सफल पुस्तक हो,सबैले पढ्नै पर्ने पुस्तक हो। यश भित्रका कुनै कुनै कविता यति मार्मिक छन् कि जसले सिधा मुटुकै केन्द्रमा आक्रमण गर्छन्,एक पाठकलाई त्यो आक्रमण कति प्रीय लाग्दो रैछ भने नि त्यो व्याख्या गर्न म सँग न समय छ न शब्दनै । यसरी मुटु भेदन भएर जब पाठक पन्ना पल्टाउछ बेला बेला कविता जस्तो मात्र भएका शब्द सुगठन पाउछ,उसलाई खल्लो लाग्छ,पक्का पनि हो मीठो खाएर कसलाई पून नमीठो खाने रहर होला? अगिल्लो कविताले ज्वरो आएको मन पून चिसो हुन्छ । यसरी हेर्दा कविले अलिक पाठकलाई अन्याय गरेको झै लाग्छ,लेख्ने क्षमता हुदा हुँदै पनि कमजोर कविता पाठकलाई दिने कविको जमर्को प्रती रीस उठ्छ मलाई सायद यस्तै हुदो हो सबै पाठकलाइ । कुनै कुनै कविताको हुटहुटीले पानी पिउने बनाइदिन्छन भने कुनै कुनै कविताले पढ्नै अल्छी लगाइदिन्छन् । हुरुक्क हुँदै पढ्दै गरेको पाठक यसरी फत्रक हुन नदिन कविले सोच्नु पर्ने थियो । म पून भन्दैछु यी मेरा व्याक्तिगत बिचार हुन ,सायद मैले कविता पढ्न अझ भनौ बुझ्न जान्दिन होला त्यसैले दरा कविता पनि कमजोर लागेका हुन कि ?

वंशलोचनमा हार्दिकता,एक देश प्रेम,परदेशको पीडा,प्रकृति अनि प्रेम सबै छन् । यो संग्रहमा भएको एक कविताले पुरुषप्रधान समाजलाई गतिलो झापड हानेको छ । कवि शब्दले मर्म छाम्न सिपालु छिन ।

समग्रमा वंशलोचन एक कविता क्षेत्रमा आशाको दियो लिएर आएको पुस्तक हो,यश भित्रका कविताले शमा श्रीको कविता क्षेत्रमा सुनौलो भविस्य देख्न सकिन्छ,अनि उनिबाट अझै आशा गर्न सकिन्छ ।पाठक एक लोभी पाहुना हो,जति मीठो दियो अझै मीठोको आशा गर्ने,हो म पनि दिदीबाट अझै आशा गर्छु। उहाँको साहित्यिक पाइला अगाडी बढुन शुभकामना। अब आउने कविता संग्रह अझै दमदार आओस कामना पनि गर्छु । धन्यवाद ! (https://www.facebook.com/photo.php?fbid=867320409994647&set=pb.100001500885763.-2207520000.1432463468.&type=3&theater )



निराजन प्रभात
भद्रपूर नगरपालिका झापा
हाल बालुवाको नगरी

Thursday, April 16, 2015

पुस्तक चर्चा

शारदा मासिक पत्रिकाको फाल्गुण अंकमा
भाषाविद तथा साहित्यकार प्रा.डा. रामबिक्रम सिजापतिज्यु को नजरमा मेरो पहिलो कविता सङ्ग्रह "वंशलोचन" परेकोमा म आफूलाई निक्कै भाग्यमानी ठानीरहेकी छु । म जस्तो भर्खरै साहित्यमा पाइला चाल्दै गर्नेको लागि उहाँको "वंशलोचन" माथिको चर्चालाई मैले आशीर्वाद र ठूलो हौसलाको रूपमा लिएकी छु ।
सिजापति सरप्रति धेरै धेरै आभार तथा नमन ।

पुस्तक चर्चा अन्तरगत "वंशलोचन"
—

Sunday, April 12, 2015

वंशलोचनका हृदय छुने पाटाहरु : एक चर्चा

वंशलोचनका हृदय छुने पाटाहरु : एक चर्चा
वंशलोचन कविता संग्रहर दोस्रो पटक पढि सक्याएँ । दोस्रो बसाइमा कवितालाई अत्यन्तै चाख मानेर र गहिरिएर पढेँ किनभने पहिलो बसाइमा नै यसका केही कविताहरुले मनभित्र खुल्दुली जन्माएका थिए तर व्यक्तिगत कारणले गर्दा दोहर्याउन सकेको थिइँन । यहाँ कविता सङ्ग्रहको समक्षिा भन्दा पनि यस सङ्ग्रह भित्रका केही कवितांशहरुले मनलाई निक्कै सन्तुष्टि दियो ।
हरेक रचनालाई बुझ्ने सबैको आ-आफ्नै तरिका हुन्छ । व्यक्तिमा निहित चेतनाको स्तर र बौद्धिकताले हरेक रचनालाई फरक रूपमा बोध गरिन्छ । वंशलोचन कविता सङ्ग्रहमा समाहित कविताका वैचारिक गहनताले मेरो मनमा निक्कै असर पारेको छ । कविताहरू दुरुह या बुझ्न नसकिने नभएता पनि यसमा प्रयोग गरिएका कतिपय शब्दहरूको खाँट्टि अर्थ खोज्ने उत्कण्ठा जागृत हुँदा अर्थ बुझ्न शब्दकोषको प्रयोग गर्न पनि जरुरी रह्यो । सङ्ग्रहका कवितांश, कविताहरुमा उल्लेख गरिएका शब्द, शब्दावली र तिनका अर्थलाई मेरो बुझाई अनुसार प्रष्ट्याउने कोसिस गर्दैछु । मेरा बुझाई र बिचारहरुसँग कवि या अन्य पाठक सहमत हुनैपर्छ भन्ने छैन, तर एक पाठकको हैसियतले मैले बुझेका कुराहरूलाई राख्ने अनुमति चाहन्छु ।
वरद् म भएँ
या
वरदान तिमी पाएँ
तिम्रो कर्म नैवेद्य
तिम्रो वात्सल्य पूजा
तिम्रो स्नेहशील नयन दियो
आमा !
म सधैँ तिम्रो यज्ञ भएँ
यश पताकाको डण्ड भएँ
सर्वस्व भएँ
सर्वस्व रहँे -- "आमा" कविताबाट
आमाले आफ्नो सन्तानको लालनपालन गर्ने कार्य वास्तवमा तपस्या हो, यज्ञ हो । यज्ञ गरेर सुयोग्य बनाएका सन्तानले यश पाउँदा पताकाझैँ खुसीले फर्फराउने आमा नै हुन्छिन्, सन्तान त पताकाको दण्ड मात्र हुन्छ । आमा र सन्तान बिचको यो मीठो अन्यौलपूर्ण अवस्थाको वर्णन मलाई ज्यादै सुन्दर लाग्यो । आमाको लागि सन्तान आशीर्वाद हो या सन्तानको लागि आमा वरदान हो ? यो प्रश्न अनुत्तरित नै रहनेछ ।
मैले के अर्पण गरेँ ?
पञ्चतत्वका मिलित झुरा
जलकणमा भरेँ प्रेम पूरा
मृत्तिकामा परे आस्था धुरा
रजकणभरि मेरो भाव धरेँ
आफूलाई तिमीमै छरेँ
मैले यही अर्पण गरेँ -- "मैले के अर्पण गरेँ" कविताबाट
मानिस पृथ्वी, तेज, जल, आकाश र वायु यी पञ्चतत्वले बनेको हुन्छ । मृत्तिका (यहाँ समष्ट मानवजाती या जन्मभूमी) लाई प्रेम आस्था र समर्पण भाव बाहेक अन्य कुराहरू धरतीकै उपज भएकोले अर्पण गर्न मानिससँग अन्य केही हुँदैन । देशप्रेमको यो सुन्दर नमुनाले निक्कै तरंगित बनायो ।
भित्र केही छ
भित्र कहीँ कतै पक्कै केही छ
डिम्ब या प्राणवायु
आत्मा या चेतना
अदृश्यद्वारा उत्पादित सादृश्य
नश्वरभित्र अनश्वरको वास
या
अनश्वरबाट सञ्चालित नश्वर
महारौद्र ध्वनिको विस्फोटपछि
अनन्त शान्ति र शून्यतामा विलीन हुने
यो भित्रको के हो
जड छ स्थिर छ
या
चलायमान छ तरङ्गित छ
अव्यक्त अलौकिक अनुपम
सारतत्व
निर्गुण निराकार
विशिष्ट अतत्व
आत्मा रुह सोल
नाम अनेकन् तर सार एक -- "तिमी र म" कविताबाट ।
ईश्वर या आत्मा के हो ? माथिको अनुच्छेदमा दुवैलाई खोज्ने सुन्दर प्रयास देख्दछु । आत्मा या ईश्वर डिम्ब हो कि प्राणवायु मात्र हो, जसलाई आत्मा भन्छौँ त्यो कतै चेतना मात्र त हैन ! आत्मा या ईश्वर अनश्वर र अदृश्य छ तर मानिस त्यसै अनश्वर र अदृश्यबाट उत्पादन भए पनि सादृश्य र नश्वर हुन्छ । भित्र महसुस हुने, तरंगित हुने, अव्यक्त अलौकिक अनुपम के ईश्वर हो ? ईश्वरांश हो ? आत्मा हो ? तत्व हो या अतत्व हो ? यो निक्कै गम्भीर प्रश्नले पनि सोच्न बाध्य गरायो ।
यो आवाज नै त हो जीवन
यो आवाज नै त हो आत्मा
यो आवाज नै त हो ब्रह्माण्ड
यो आवाज नै त हो ब्रह्म
यो आवाज नै त हो सत्य
यो आवाज नै त हो सम्पूर्ण
ॐ नाद ब्रह्मणे नमः -- "आवाज" कविताबाट
शब्द या ध्वनीको उत्पति नादबाट हुन्छ । नाद दुई प्रकारको हुन्छ, आहत नाद र अनाहत नाद । कुनै बस्तुलाई अर्को बस्तुले ठोक्दा त्यसबाट ध्वनी निस्कन्छ, त्यसलाई आहत नाद भनिन्छ । मानिसले बोल्दा भित्रको हावा गएर स्वरतन्त्रिमा ठोकिन्छ र त्यसबाट ध्वनी निस्कन्छ । शक्ति प्रयोग गरेर निस्कने ध्वनीलाई आहत नाद भनिन्छ । तर आँखा कान बन्द गरेर एकान्तमा बस्दा पनि हामीले केही सुनिरहेको अनुभव गर्दछौ, यसलाई अनाहत नाद भनिन्छ ।
भनिन्छ सृष्टिको सुरुवात् ॐ को नादबाट भएको थियो । बेज्ञानिकहरु पनि महाबिष्फोट पछि पृथ्वीको सृष्टि भएको मान्छन् । सङ्गीतको सुरुवात पनि नादबाटै हुनेभएकोले ॐ नादलाई नै ब्रम्ह मानिछ । त्यसैले आवाज नै सत्य र सम्पूर्णको बिवेचनाले मेरो हृदय छोयो ।
ऐना झुटो बोल्दैन
पीठमा
सत्यको रातो र
निर्भीकताको कालो लेपको
धाप जो पोतिएको हुन्छ -- "सत्य" कविताबाट ।
सत्य रातो हुन्छ । निर्भयीहरुले आँखा चिम्लन्छन् र आँखा चिम्लदा अध्यारो हुन्छ, अर्थात् निर्भिकता कालो हुन्छ । सत्य (उज्यालो) को पछाडि छायाँ समान निर्भिकता हुन्छ । पूर्वीय दर्शनको यो सानो अंशले पनि मन छोयो ।
सृष्टि डिम्ब नारी अस्तित्वमा छ -- "वंशलोचन" कविताबाट ।
सृष्टि नारी (पोथी जाति) बाट मात्र सम्भव छ । पृथ्वीलाई नारी मानिन्छ, नदीलाई नारी मानिन्छ । जलचर, थलचर, उभयचर या किराहरुमा पनि सृष्टि पोथीले नै गर्दछे । पुरुष त सृष्टिको लागि साधन मात्र हुन् । सृष्टि डिम्ब नारी अस्तित्वमा मात्र हुने कथनले पनि मेरो चेतना खुलायो ।
पृथ्वी एक विशाल शून्य हो
ब्रह्माण्ड आफैँमा शून्य छ
सत्य
केवल शून्य -- "शून्य" कविताबाट ।
शून्यवाद बुझाउन पर्याप्त यी हरफहरुले पनि मलाई सोचमग्न बनायो ।
‘रैदास’ जुत्ता सिउँथे
पेसा थियो उनको
रोटी पाउँथे
त्यसैले श्रद्धा गर्दथे
श्रद्धाको चरम गुञ्जनबाट
सन्तोष अवतरित हुन्छ
उद्भवित सन्तोष
आनन्दका लाखौँ द्वार खोल्छ -- "आनन्द" कविताबाट ।
सन्त रैदासको वास्तविक नाम रविदास थियो । यिनी कबिर जस्तै सन्त रामानन्दका चेला थिए भने मीराका गुरु थिए । पेसाले चर्मकार सन्त रैदास जुत्ता सिउँथे र आफ्नो कर्मलाई श्रद्धा गर्दथे र त्यसैबाट सन्तोषको अनुभव गर्दथे । सन्तोषम् परं सुखम् लाई पुष्ट्याउन रैदासको उदाहरणले निक्कै मन छोयो ।
बज्रसत्य
मृत्यु
स्वर सप्तकमा तरङ्गित हुँदै
प्रत्येक श्वासप्रश्वासमा
अजपा मन्त्रझैँ
अलापित भइरहन्छ -- "मृत्यु एक कविता हो" कविताबाट ।
स्वरहरू सात प्रकारका हुन्छन् जसलाई सङ्गीतमा षड्ज, ऋषभ, गान्धा, मध्यम, पञ्चम, धैवत र निषाद गरेर सात स्वरमा बिभाजन गरिएको हुन्छ । मानिसले बोल्दा या गाउँदा यी सात मध्ये कुनै एक स्वर प्रयोग गर्दछ ।
मानिसले सास फेर्दा नाकबाट बहने वायुले दुईवटा स्वर निकाल्दछ, सास लिँदा स्व र फाल्दा हं स्वर निकाल्ने भएकोले यी दुवै स्वरलाई स्वहं मन्त्र भनिन्छ । यो मन्त्र उच्चारण बिना पनि निस्कने या जप्नु नपर्ने भएकोले यसलाई अजपा मन्त्र पनि भनिन्छ । जीवले जन्मसँगै मृत्यु पनि बोकेर आएको हुन्छ र सास लिँदा या फाल्दा पनि मृत्यु अजपा मन्त्रझैँ गुन्जिरहेको हुन्छ । यो कवितांशले पनि मलाई निक्कै छोयो ।
तिम्रो नाम
पवित्र अक्षरहरूको माला
जसमा सुमेरु समान तिम्रो माया -- "सुमेरु तिम्रो नाम" कविताबाट ।
मन्त्र जप्ने मालामा एकसय आठ दाना हुन्छन् र ती दानाहरुको जोड माथि पनि एउटा दाना हुन्छ जसलाई सुमेरु भनिन्छ । सुमेरुसँग गरिएको यो तुलनाले पनि हृदय बिभोर बनायो ।
माथि उल्लेख गरिएका पाटाहरु निश्चय नै मनमोहक, ज्ञानबर्धक र सफल प्रयोगको रूपमा मैले लिएको छु । कविता पढदै जाँदा कतिपय स्थानमा जोड छुटेको हो कि ! जस्तो पनि लाग्यो, कतै केही सम्पादन गरिएको हो कि ! जस्तो पनि लाग्यो ।
यस बाहेक कवि तुलसी दिवसले बिमोचनका दिन, "पहिलो कृति नै यति सशक्त रूपमा आएको मा म स्वागत गर्दछु," भन्नुभएको कुरा सम्झन्छु, र म पनि स्वागत गर्दछु ।
By Bipul B Sijapati {https://www.facebook.com/groups/kavitakritihru/permalink/357546661064322/ }