"बौद्धिक वर्गहरूलाई
गहिरा बिम्बहरूको सम्बोधन
नारी आवाजको मसाल बोकेर
फूलसँग जीवनलाई दाँजेकी
बादलका आकारसँग नाचेकी
एक कविको "वंशलोचन"
हृदयको अन्तस्करणसम्म पुगेर
हल्लाएर छोड्यो मथिंगल
अ हँ, हताहत हैन, कवि मनले सम्हाल्यॊ
र खुसुक्क भन्यॊ
किताबी पानाहरूले
पछ्याउ रूप कवि समा श्रीलाई निरन्तर निरन्तर र कालान्तर।"

No comments:
Post a Comment