नेपाल भाषामा अनुवादित समा श्रीको "टुकी"कविता लहना वाःपौ मा |
कविता -- टुकि -
सानोमा
भुईँमा किताब हुन्थ्यो
किताब अगाडि टुकि हुन्थ्यो
सलेदोको लप्का लर्बराउँदा
आमाका आँखा प्रहरी हुन्थे
मद्धिम रोशनी छादेर
टुकि
धुँवा ओकलि रहन्थ्यो
अक्षरहरु
कहिले प्रष्ट कहिले धमिला हुन्थे
नानी बिझाउँदा म आँखा मिच्दै
आमाको अनुहार हेर्थेँ
समय धमिलो भएपनि
आमाको अनुहार उज्यालो हुन्थ्यो
अहिले
भित्तामा मैले पुरुषार्थ बोकेको फोटो छ
फोटोमा अनुहार उज्यालो छ
त्यस्तै उज्यालो
जस्तो सानोमा
आमाको अनुहार हुने गर्दथ्यो
अचेल
कोठामा टुकि बालनु पर्दैन
कालो धुँवा नाथ्रीमा भर्नुपर्दैन
नानी बिझाउँदैन आँखा मिच्नु पर्दैन
प्रशस्त उज्यालो छ कोठामा
अचेल
हरेक मसान्तमा
महिनाभरिको कमाइ
आमाको हातमा राखिदिएर
उज्यालोमा आँखा हँसाएर
जब आमाको अनुहार हेर्छु
मुहारभरि ज्योति मात्र देख्छु
ज्योति सन्तुष्टिको
ज्योति निश्चिन्तताको
सन्दुकमा अझै पनि
जतनसाथ सुरक्षित छ
हाम्रो पुरानो टुकि |
समाश्री
—
कविता -- टुकि -
सानोमा
भुईँमा किताब हुन्थ्यो
किताब अगाडि टुकि हुन्थ्यो
सलेदोको लप्का लर्बराउँदा
आमाका आँखा प्रहरी हुन्थे
मद्धिम रोशनी छादेर
टुकि
धुँवा ओकलि रहन्थ्यो
अक्षरहरु
कहिले प्रष्ट कहिले धमिला हुन्थे
नानी बिझाउँदा म आँखा मिच्दै
आमाको अनुहार हेर्थेँ
समय धमिलो भएपनि
आमाको अनुहार उज्यालो हुन्थ्यो
अहिले
भित्तामा मैले पुरुषार्थ बोकेको फोटो छ
फोटोमा अनुहार उज्यालो छ
त्यस्तै उज्यालो
जस्तो सानोमा
आमाको अनुहार हुने गर्दथ्यो
अचेल
कोठामा टुकि बालनु पर्दैन
कालो धुँवा नाथ्रीमा भर्नुपर्दैन
नानी बिझाउँदैन आँखा मिच्नु पर्दैन
प्रशस्त उज्यालो छ कोठामा
अचेल
हरेक मसान्तमा
महिनाभरिको कमाइ
आमाको हातमा राखिदिएर
उज्यालोमा आँखा हँसाएर
जब आमाको अनुहार हेर्छु
मुहारभरि ज्योति मात्र देख्छु
ज्योति सन्तुष्टिको
ज्योति निश्चिन्तताको
सन्दुकमा अझै पनि
जतनसाथ सुरक्षित छ
हाम्रो पुरानो टुकि |
समाश्री
No comments:
Post a Comment