Share Bottom

Wednesday, October 25, 2017

कविता -- प्रीतम रेखा र प्रेम



काेठाकाे बीचाैँबीच
माैन एसट्रे छ 
एसट्रेमा अस्तित्व गुमाएकाे ठुटा चुराेटहरू छन् 
तिमीले उडाएर गएकाे धुँवा छ
तिम्राे गन्ध छ
मेराे मन
रङबङ्गिएकाे धुँवा बीचमा पनि
तिम्राे गन्ध सुँघ्न लालायित छन्
मेरा अाैँला 
निभेका ठुटा उठाउन सकसक छन्
मेरा दुई अाेंठ
ठुटालाई बीचमा च्याप्न उत्सुक छन्
म 
उठाउँछु ठुटा एसट्रेबाट च्याप्छु दुई अाेंठ बीच
र 
महशुश गर्छु तिम्राे चुम्बन
डुब्छु
प्रेमकाे सराेवरमा


तिमी धुँवा
सक्दिन उडेकाे राेक्न
र त भर्छु फाेक्साेभरि
मिसाउँछु अाफैलाई त्यहाँ
र बन्छु धुँवा धुँवा
मलाई तिमीसँगै मिसिएर 
यसरी नै बिलाउने मन छ ।


ख्वाहिश तिमी ठुटाे चुराेट र एसट्रेकाे छ
ख्वाहिश ठुटाे चुराेट मार्फत चुम्बनकाे छ


त्याे चुपचाप राेकिएकाे समय
त्याे जड भएकाे पला
त्याे जमे जमेझैँ सास
त्याे राेकिए राेकिएझैँ धडकन
त्याे तिमी चुपचाप मेराे सामुन्ने अाउनु
त्याे देखेर नि नदेखेझैँ गर्नु
त्याे फर्केर नहेर्नु रत, हेर्ने अाकांक्षा गर्नु
त्याे अाफैमा पिल्सिएर एक पल जिउनु
त्याे अाफैमा जिउदा नि एक पल मर्नु
त्याे एक दर्शनमा मेराे सबथाेक लुटिनु
त्याे गुनासाे चित्तदुखाइ मेरा अात्मैबाट मेटिनु
त्याे बन्द अाेंठमा राेइरहेकाे माया लुक्नु
त्याे नबाेलिएका शब्द मेराे कानमा गुञ्जनु 
त्याे प्रलय थियाे त्याे प्रलय थियाे


ख्वाहिश
अझै थुप्रै अाकस्मिकताकाे छ
अझै थुप्रै प्रलयकाे छ ||

( फोटो साभार गूगल )