Share Bottom

Thursday, March 24, 2016

अनेसास इजरायल च्याप्टरले आयोजना गरेको रंगीन काब्य उत्सबका दृश्यहरु

Adइजरायलमा रहेर बिभिन्न साहित्यिक र सांगीतिक कृतिहरु प्रकाशन गर्नु भएका साहित्यकारलाई कदर स्वरूप प्रसंशापत्र महामहिम ज्यूको हातबाट प्रदान गरिएको थियो |


रंगीन काब्य उत्सबमा कविता वाचन गर्दै 

अनेसास इजरायल च्याप्टरका कार्यकारी टीम 

अनेसासको तर्फ बाट महामहिम ज्यूलाई सम्मानपत्रले सम्मान गर्दाको पल 

अनेसास कार्यक्रम बाटै 

Wednesday, March 23, 2016

औपचारिक कार्यक्रम र तेस भित्रका गतिबिधिहरु






एउटा कार्यक्रममा उद्घोषकले पुरस्कार ग्रहण गरिदिन पुरस्कृत व्यक्तिलाई आमन्त्रण गर्छन् । प्रमुख अतिथी हातमा प्रमाणपत्र लिएर तम्तयार थिए । पुरस्कृत हुने व्यक्ति मञ्चमा चढ्छन् । प्रमुख अतिथीसँग हात मिलाएर प्रमाणपत्र थाप्छन । तर प्रमाणपत्र लिने र दिने दुवैको ध्यान लिनुदिनुमा भन्दा अगाडिका क्यामेरामा हुन्छ । यस्तो लाग्यो, पुरस्कार लिनुदिनु दोस्रो महत्वपूर्ण काम हो, पहिलो काम चाहि त्यो बेलाको फोटो सेसन हो । लिने र दिनेको शरिर एकातिर टाउको मात्रै अर्कोतिर जबर्जस्ती बटारिएको जस्तो देखिन्थ्यो ।
पुरस्कार लिएको दिएकै बेला फोटो खिँच्दा मात्रै पुरस्कारको प्रमाणिकता रहने होइन । यसकारण पुरस्कार लिने दिने सकेपछि पनि फोटो खिच्दा राम्रो हुन्छ । पुरस्कार लिनुको भाव र दिनुको भाव लिँदादिँदा दुवैमा एकैनासकोहुनुपर्छ । फोटोको सुरमा त्यो क्षणलाई अन्तै मोड्न खासै आवश्यक छ जस्तो लाग्दैन ।


एक पल्ट अति जान्ने सुन्ने एक व्यक्तिले आफन्तको तेह्रौ दिनको पुण्यतिथीमा पितृप्रसाद ग्रहणका लागि लेखेको पत्रको व्यहोरो यस्तो थियो, ‘१३ औं दिनको काममा आएर भोजन ग्रहण गरिदिनुहोला...।’ १३ औं दिनमा गएर केही खाएर पितृ भार कम गरिदिनु पर्छ भन्ने सोच्नेहरु पनि त्यो भाषा देखेर जिल्ल परे ।
अर्को घटना त्यस्तै छ । सम्मानपत्र वितरणको कायत्र्रmम थियो । सम्मानपत्रमा सभापति, प्रमुख अतिथी, विशिष्ट अतिथीको हस्ताक्षर राख्ने चलन छ । आयोजक संस्थाको अध्यक्ष वा त्यस्तै मर्यादामा रहेको व्यक्तिलाई सभापति बनाइन्छ । सम्मानपत्र वा प्रमाणपत्रमा अध्यक्षकै हस्तक्षर भइसकेपछि उपाध्यक्ष, सचिवको हस्ताक्षर राखिँदैन । अरु त अरु एउटा प्रमाणपत्रमा उद्घोषकको पनि हस्ताक्षर देखेँ । त्यो देखेपछि चक्कर आउला जस्तो भयो । प्रतिष्ठित व्यक्तिले हस्ताक्षर गर्नुको महत्व र अर्थ हुन्छ । सेलिब्रेटी खेलाडीहरुले आफ्नै टिसर्ट, क्याप आदीमा हस्ताक्षर गरेर फ्यानहरुलाई दिन्छन् । अटोग्राफ दिँदा पनि सन्देशपछि हस्ताक्षर हुन्छ । विशिष्ट व्यक्तिहरुको हस्ताक्षरको महत्व हुन्छ । तर आम मानिसको के महत्व हुन्छ र ? प्रमाणपत्र, सम्मानपत्रमा अनावश्यक व्यक्तिको हस्ताक्षरले बोझिलो बनाउँछ । केही सम्मानपत्र रंगहीन (श्यामश्वेत भन्न खोजेको), फ्रेमबिनाका हुन्छन् । सम्मान भनेको पत्रले गर्ने त होइन । यो एक भाव हो । तर पत्र हेरेर यस्तो नलागोस कि त्यसले सम्मानितलाई जिस्काइरहेको छ ।
औपचारिक कार्यक्रमहरुमा प्रमुख अतिथीको महत्व हुन्छ । प्रमुख अतिथीका रुपमा मन्त्री, प्रधानमन्त्री, जिल्लामा सिडियो, प्रवासमा राजदूत बोलाउने चलन छ । यस्तो चलन कुनै अर्थमा पनि गलत चाहीँ होइन । तर व्यस्त मान्छेहरुलाई प्रमुख अतिथी बनाउँन खोज्दा बेला बेलामा हैरानी व्यहोर्नु पर्छ । यस्तो हैरानी आयोजकले मात्रै होइन सहभागीले पनि खेप्नु पर्छ । कार्यक्रममा प्रमुख अतिथी समयमा नआइदिँदा त्यस्ता कार्यक्रमहरु दिक्कलाग्दा बन्छन् । समयको ख्याल नगरिँदा कतिपय कार्यक्रमहरु निल्नु न ओकल्नु बन्ने गछ्र्र । कार्यक्रममा समयको ख्याल नगरी कतिपय वक्ताहरु आफ्नो कुरा लम्बेतान बनाउँछन् । अनि आफ्नो कुरा सकिएपछि कार्यक्रम नै छाडेर हिँडिदिन्छन् । आफ्नो कुरा सुनाउने तर अरुको कुरा नसुन्ने चलन धेरैमा हुन्छ ।
औपचारिक कार्यक्रममा महिलाको प्रयोग मलाई अनौठो लाग्छ । अतिथिहरुलाई व्याच वितरणमा धेरैजसो कार्यक्रममा महिलाहरुलाई नै अघि सारिन्छ । जुन संस्थाको कोषमा १ सय रुपैयाँ पनि हुँदैन त्यस्ता संस्थाको कोषाध्यक्ष महिलालाई बनाइन्छ । पैसा धेरै हुने संस्थामा पुरुष नै हुन्छन् कोषाध्यक्ष । यसो भनिरहँदा म यो विषयलाई सामान्यीकरण गर्न चाहन्नन् । व्याच वितरणकै प्रशंग जोड्न चाहन्छु । ब्याच वितरण पुरुषले गर्दा पनि हुन्छ । तर महिलाले गर्दा बढी शोभायमान देखिन्छ रे । महिला शोभा बढाउने वस्तु हो र ?
‘यदि कसैको आलोचना गर्नु छ भने उसलाई एक्लै बोलाएर गर्नु, प्रशंसा गर्ने हो भने सबैको अगाडि गर्नु ।’ यो कुरा अरुलाई कस्तो लाग्छ थाहा छैन । तर जीवनमा एकपटक अपनाएर हेर्नुहोस् यसले तपाईलाई पनि राम्रै नतीजा दिनेछ । औपचारिक कार्यक्रममा पनि यस्तै हुन्छ । कसैको तारिफ खुब मजाले हुन्छ । तर कहिलेकाहीँ तारिफ चाहिनेभन्दा बढी भइदिन्छ । तारिफमा पनि अतिरञ्जना मिसियो भने त्यो त्यति राम्रो हुँदैन ।
६० को दशकमा भारतमा एस.राधाकृष्णनन् राष्ट्रपतिमा चुनिए । त्यो बेला अमेरिकामा जोन अफ केनडी
राष्ट्रपति थिए । केनडीकै निमन्त्रणामा राधाकृष्णनन् पत्नीसहित अमेरिका भ्रमणमा गए । केनडीद्वारा आयोजित एक कार्यक्रममा सिमित व्यक्तिहरु थिए । त्यो बेला केनडीले लगाएको घडी राधाकृष्णनन्की पत्नीलाई मन पर्यो । उनले त्यो घडीको तारिफ गरिन् । केनडीले राधाकृष्णनन् लाई सम्मानपूर्वक भने, ‘मेरो अतिथीलाई मन परेको वस्तु उपहार दिन पाउँदा म धन्य हुन्छु । यसकारण यो घडी म तपाईलाई उपहारमा दिन चाहन्छु । ’ राधाकृष्णानन् की पत्नीले भनिन् कि मैले त राम्रो भनेको मात्रै हो । उपहारमा लिने सोच छैन । म लिन्न । तर केनडीले जिद्धी छाडेनन् । अन्तिममा राधाकृष्णनन्ले इशारा गरेपछि अप्ठ्यारो मानी मानी उनले घडी लिइन् ।
दोस्रो दिन जब दुई राष्ट्रपति र उनका दुवै पत्नी डिनरको लागि एउटै टेबलमा बसे, तब राधाकृष्णनन्ले केनडीको पत्नीको तारिफ गर्न थाले । उनको तारिफ रोकिएन । केनडी पत्नीको कहिले कपालको तारिफ गर्थे, कहिले आँखाको त कहिले मुस्कानको । केनडीले अर्थ बुझिसकेका थिए । आफ्ना अतिथीलाई मन परेको सबैकुरा उपहार दिन सम्भव हुँदैन थियो । अनि उनले विनम्रतापूर्वक राधाकृष्णनन्की पत्नीसँग भने, ‘मलाई मेरो घडी फिर्ता दिनुहोस् ।’तारिफ त आखिर तारिफ नै थियो । तर एकपटकको तारिफले केनेडीलाई उपहार दिन मन लाग्यो । अर्कोपटकको तारिफले आफैले दिएको उपहार फिर्ता माग्न बाध्य बनायो । अर्थात समय र परिस्थितीले कति धेरै प्रभाव पार्छ भन्ने यो एक उदाहरण हो । प्रशंसा गर्दा पनि त्यति धेरै नगरौं कि त्यो व्यक्तिले त्यो प्रशंसाको भारी बोक्न नसकोस् ।

Saturday, January 2, 2016

यो पिडाबाट बच्न बानि सुधारौ


लेखक समा श्री
नाकाबन्दीको पीडादायी तीन महिना पुगिसकेको छ । अझै कति दिन झेल्नु पर्ने हो थाहा छैन । यो नाकाबन्दी, तराईको आन्दोलनले धेरैको हातबाट रोजगारी खोसिएको छ । आम नेपालको चुलो बलेको छैन । बालबालिकाहरुकोप पढाई नराम्री प्रभावित भएको छ । समग्रमा भन्नुपर्दा नेपालीहरुको खुसी खोसिएको छ । दशै, तिहार, छठ त खोसियो नै । नाकाबन्दी उत्तरको पीडा पनि हुने नै छ । यो नाकाबन्दीले राष्ट्रलाई कति नोक्सानी पु¥यायो त्यो सरकारले जारी गरेको श्वेतपत्रले प्रष्ट पार्छ । हालै प्रधानमन्त्री केपी ओलीले विकास गर्ने आफ्नो सपना चकनाचुर भयो भने । विज्ञहरुले नेपालको विकास १० वर्ष पछाडि धकलियो भनिरहेका छन् । भूकम्पले भन्दा बढी नोक्सानी नाकाबन्दीले गरेको रिपोर्टहरु आइरहेका छन् । यो समग्र अर्थतन्त्रको कुरा होइन म एउटा आम नेपालीले भोग्नु परेको पीडामा केन्द्रीत हुन चाहन्छ्ु ।
गृहणीहरुलाई दैनिकी चलाउन ईन्धनकै कारण धौधौ भएको छ । खाना पकाउने ग्यास नहुँद हिटर, इन्डक्सन चुलो आदि प्रयोग गरिरहेका छन् । चरम लोडसेडिङले विद्युतीय उपकरण चलाउन मुस्किल बनेको छ । खाना पकाउने र खाने समय लोडसेडिङको तालिकाका आधारमा हुन थालेको छ । तर काम गर्न जाने, स्कुल कलेज जानेहरुकालागि त तोकिएकै समयमा खाना तयार पार्नु पर्ने हुन्छ । खाना पकाउन कतिपयले दाउराको प्रयोग पनि गरेका छन् । तर डेरामा बस्नेले दाउराको प्रयोग गर्न पाउँदैनन् । चार तले घरको कुनै एक तलामा दाउरा बाल्यो भने चारै तलामा धुवा पुग्छ । दाउरा बाल्ने चुल्हो पनि हुँदैन सबैसँग । घरबेटीले दाउरा बाल्ने अनुमति पनि दिदैनन् । त्यस्ता जनताले के गर्ने ? कसरी पकाउने कसरी खाने ?
काठमाडौंका धेरै जसो विद्यालयले विद्यार्थीहरुलाई जंक फुडलाई टिफिनको रुपमा ल्याउन दिदैनन् । तर अभिभावकले घरमै पकाएको खाद्यवस्तु टिफिनको रुपमा दिन सक्दैनन् । जसका कारण अहिले बालबालिकाहरुको टिफिन बक्समा चाउचाउ, विस्कुट, चिउरा भुजिया राख्न अभिभावक बाध्य छन् ।
चिसोमा तातो पानी मात्रै समयमा पिउन पायो भने चिसोबाट बच्न सकिन्छ । तर त्यही तातोपानी तताउँने इन्धन नहुँदा बालबालिका, वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिकामा निमोनिया, कोल्ड डायरिया जस्ता रोगले प्रभावित पार्न सक्ने जोखिम उस्तै छ । वृद्धवृद्धाका दीर्घरोगहरु बढ्ने सम्भावना उस्तै हुन्छ ।
आधा भरिएको सिलिण्डरका लागि दिनहुँ सिलिन्डर बोकेर लाइनमा जाने, साँझ रित्तै फर्किने दैनिकीमा महिलाहरु पिल्सिरहेका छन् । धेरैजसो पुरुषहरु काममा जाने र महिलाहरुले घर सम्हाल्ने नेपाली समाजको परम्परागत चलनबाट हामी जानकार नै छौं । पुरुष काममा जाने भएकोले घरायसी काममा महिलाहरु नै अघि नसरी हुँदैन । पुरुषले महिलाहरुलाई सहयोग गरे पनि त्यसले खास अर्थ विषम परिस्थितिका कारण राख्न सकेको देखिन्न । विद्युत आपूर्ति नियमित नहुँदा कतिपय ठाउँमा धारामा पानी पनि आउँदैन । मोटरबाट पानी तान्न नसकेर काकाकुल भएका नागरिक पनि काठमाडौंमा धेरै छन् । विद्युतको लोड एकै पटक पर्दा कैयन ठाउँका ट्रान्सफर्मर पड्केका छन् लगातार तीन चार दिनसम्म विद्युत नभएर समस्या झेल्नेको अवस्थाउस्तै छ ।
यो त भयो काठमाडौको कुरा । भूकम्पले सात लाख घर भत्केका छन् । ती पीडितहरु पालमा छन अझै । पालमुनी बालबालिका, बृद्धवृद्धा सबै बस्छन् । उनीहरुको दैनिकी यो चिसोमा कस्तो होला ? यीनै पीडितहरुमा पनि काठमाडौमा राजनीति भइरहेको सुन्दा जो कोहीको मन कुँडिन्छ । भूकम्पपीडितको भाग खोसेर नेताहरु आफ्नै सन्तानको लागि मात्रै सोच्दैछन भने यस्ता नेताबाट के आशा गर्ने ? यो पनि दूःख लाग्दो विषय हो ।
चार लिटर पेट्रोलका लागि दुई दिन मोटरसाइकल लाइनमा राख्ने होस वा एक लिटर खानेतेललाई दोब्बर मूल्य तिर्नु पर्ने कुरा होस यसले नेपाली समाज नराम्ररी थिल्थिलिएको छ । कालोबजारीले हरेक वस्तुको मूल्य बढाएको छ । तर त्यसरी नै आय बढ्दैन । जसका कारण दैनिक उपभोग्य वस्तुमा धेरै खर्च गर्नु पर्छ । त्यसमा पनि जीवन धान्ने दाल चामल, तरकारी आदिकै लागि धेरै खर्च गर्नु पर्छ । फलस्वरुप दुध, दही, फलफूल, माछा मासुमा उपभोक्ताको पहुँच कम हुन्छ । यसले बढ्दो उमेरका बालबालिकालाई प्रभाव पार्छ । बालबालिका कुपोषणको सिकार हुन सक्छ । वयस्कहरुमा पनि प्रभाव नपर्ने कुरै भएन । आय नबढ्ने तर वस्तुको मूल्य बढ्दा उपभोक्ताको क्रयशक्ति कमजोर हुने र गरिबीको दुष्चक्रमा फस्ने निश्चित छ ।
समग्रमा यसले अर्थतन्त्रमा नराम्रो असर गर्छ । एक व्यक्ति एक परिवारलाई जसरी नाकाबन्दीलाई असर गर्छ ठीक त्यसै गरी राष्ट्रलाई पनि गर्ने हो ।
समस्याका ढेर र विवरणका थाँती प्रस्तुत गरेर मात्रै समस्या समाधान हुन सक्दैन । समाधानका सूत्रहरु पहिल्याउनु पर्छ । भारतले नेपालमा पहिलो पटक नाकाबन्दी गरेको होइन । यो अन्तिम हो भन्न पनि सकिदैन । तीन तिरबाट भारतबाट घेरिएको भारतबाट हामी फेरि पनि प्रताडित हुन सक्छौं । यस्तो अवस्थामा पहिलो त व्यापार विविधिकरण गर्नु सबैजसो विज्ञहरुले सुझाएका छन् । दोस्रो आत्मनिर्भर अर्थतन्त्र वा भनौं अन्तरनिर्भर अर्थतन्त्र । यसका लागि हामी नेपालीले नेपालमै उपलव्ध जल, जमिन(कृषि), जडिबुटी र पर्यटनमा विकास गर्न सक्छौ । किनभने यो सम्भव छ ।
त्यो पनि १० देखि १५ वर्ष भित्रैमा । हामीले जापानका जस्ता मोटरकार, डेनमार्कको जस्तो बियर, अमेरिकाको जस्तो कम्प्यूटर सफ्टवेयर, चीनको जस्तो खेलौना उत्पादन गरेर विश्व बजारमा पुर्याउन सक्दैनौं । तर हामी पर्यटनको माध्यमबाट सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, हिमश्रृङखला बेच्न सक्छौं । अलैची, अदुवा, दुध पनि बेच्न सक्छौं । जडिबुटी प्रशोधन गरेर हर्वल प्रोडक्ट बेच्न सक्छौं । एक वर्ष खाना पकाउने ग्यासमा हुने खर्च जोगाउने हो भने हामीलाई पुग्ने बिजुली यहि उत्पादन हुन्छ । त्यही बिजुलीलाई खाना पकाउने प्रयोग गर्ने हो भने वर्सेनि ग्यासमा हुने खर्च जोगिन्छ । त्यसलाई प्रत्येक वर्ष जलविद्युत, कृषि, पर्यटनमा लगाउने हो भने मुलुक १५ वर्षमा साच्चै परिवर्तन हुन्छ ।
हामी कतिसम्म परनिर्भर र दरिद्र छौं भन्ने सानो एउटा उदाहरण दिन चाहन्छु । काठमाडौंमा ताजा माछाको राम्रो बजार छ । नेपाली उत्पादनले मूल्य पनि पाउँछ । तर दूर्भाग्य त्यही माछा भारतबाट आउँछ । माछा उत्पादन गरेर माछामा आत्मनिर्भर हुन किन नसकेको होला ? पाँच बोट रहरको दाल रोप्ने हो भने वर्षभरी एक परिवारका लागि चाहिने दाल उत्पादन हुन्छ । तर हामी पाँचवटा विरुवा पनि रोप्न नसक्ने अनि किनरे खाने । उन्नत जातको एक खुर्सानीको बोटले ६ महिनामा २० केजीसम्म उत्पादन दिन्छ । तर हामी त्यही खुर्सानी किनेर खान्छौं ।
यसकारण हामीले हाम्रो बानी परिवर्तन गर्नु पर्छ । सरकार चलाउनेहरुले पनि आफ्नो मति सुधारनु पर्छ ।
काठमाडौं हाल इजरायल


- See more at: http://pearlstjournal.com/np/?p=6431#sthash.3QfClcR4.dpuf

The imputed face

फेसबुकमा केही कवि र तिनका कविताहरुले मेरो मस्तिष्कलाई सोच, मनलाई शान्ति र बिचारलाई दिशा दिन सफल भएका छन् । ती कविताहरू मध्ये समाश्रीको यो कविता पनि एक हो । यसलाई कनिकुथि अङ्ग्रेजीमा उल्था गर्ने प्रयास गरेको छु ।
A Poem by Shama Shree
The imputed face
A sunset
did not mean the conclude of the sun
But merely an end of a day
The evening Sends back the fatigued sun
Into the womb of the night
flushing the horizon
The daybreak, early in the morning
Belches the sun out Perpetually
if it stops burning
It's does not mean the demise of fire
But merely the process of changing
The liveliness into motionlessness
Beneath the layers of hushed ash
tranquil fire tend to be alive
and ashes
again uncover its shawl
over from the fire
when a petite wind blows
sun in the womb of the night
is the perpetual truth indeed
fire beneath the ashes
is the eternal truth
truth doesn't die within the silence
nor inside the in-activeness Indeed,
truth doesn't die at any cost
being unable to bear the heat of the truth
liquefied reaction throws ashes in the eyes
trumpets their own trumpet
and screams
perpetually they become lax
they become exhausted
be like lava comes
splitting the earth
the truth comes out
ruining the untruth
carrying rays of thousand suns
and at the same moment
I wish to see the imputed face
turning back again and again .

By - Bipul B.Sijapati 

कविता -- कालो पोतिएको अनुहार
सूर्य अस्ताउनुको पर्याय
सूर्यकै अबसान होइन
फगत एकदिनको मात्र अन्त्य हो
सन्ध्या
थाकेको सूर्यलाई
निशाको गर्भमा हुलिदिन्छे
क्षितिज रक्तिम पारेर
उषा एकाबिहानै
पुन: सूर्यलाई ओकेल्छे
क्रमेण क्रमेण
आगो निभ्नुको अर्थ
आगोको मृत्यु होइन
क्रियाशीलता सिथिलतामा बदलिनु मात्र हो
एक तह मौन भुंग्रोभित्र
शान्त आगो जिवितै रहन्छ
खरानी आफ्नो सप्कोले छोपेर
सानो हावा फुकिनासाथ
फेरी उदाङ्ग पारिदिन्छे
क्रमेण क्रमेण
निशाको कोखको सूर्य नियमित सत्य हो
भुंग्रोभित्रको आगो साश्वत सत्य हो
मौनता भित्र सत्य मर्दैन
अक्रियाशिलाता भित्र पनि सत्य मर्दैन
सत्य त मर्दै मर्दैन
तर
तरल सोचका प्रतिक्रियाले
सत्यको तातो सहन नसकेर
आँखामा छारो फ्याँक्छन्
ढोल पिट्छन चिच्याउँछन्
क्रमेण क्रमेण
सिथिल हुन्छन थाक्छन्
धर्ती फोडेर लावा निस्किएझै
सत्य
असत्यलाई खरानी पारेर निस्किन्छ
सहस्र सूर्यको प्रकाश बोकेर
त्यतिबेला मलाई
झुठ पोतिएको अनुहार
फर्की फर्की हेर्न मन लाग्छ ||