Share Bottom

Friday, August 16, 2013

गजल .....

गजल .....

भित्र छुँदै बग्ने गर्छ पानी जस्तो मान्छे
आँखैभरि अटाउँछ नानी जस्तो मान्छे

नसोचेको चाह मेरो सँधै पुरा गर्छ 
अभिलाषा पुरा गर्ने दानी जस्तो मान्छे

मधुमास भरिदिन्छ अंगअंग मेरो
ऋतुराज बसन्तको खानी जस्तो मान्छे

डर लाग्छ शंका लाग्छ दुविधा यो कस्तो ?
किन प्यारो लाग्छ त्यो वैमानी जस्तो मान्छे ?

1 comment:

Unknown said...

"
डर लाग्छ शंका लाग्छ दुविधा यो कस्तो ?
किन प्यारो लाग्छ त्यो वैमानी जस्तो मान्छे ?"

सुन्दर !