Share Bottom

Wednesday, August 14, 2013

कविता > सुन्य !


कविता   सुन्य

आँखा त सेतु मात्र हो
देखि दिन्छ र देखाई दिन्छ
बस्तुसंग क्षणभंगुर नाता पनि हुन्न
दृश्य अचेटने मस्तिष्कको
देख्नुको तात्विक अर्थ
बस्तुको गुणवत्तामा निहित हुन्न
बीजको लघुरुपमा समाहित
बिशाल बृक्ष फैलावट
आँखाले देख्न सक्दैन
गल्ती
मस्तिष्कले नाप्न नसक्नुमा छ
देख्न नसक्नुमा छ, बुझ्न नसक्नुमा छ
व्यर्थ मुख
ढाकछोप गर्छ
कमजोर मस्तिष्कको
यावत कुरा ओकलेर

पृथ्वी एक बिशाल सुन्य हो
ब्रम्हाण्ड आफैमा सुन्य छ
सुन्य अस्तित्व भित्र
रुमलिरहेका हामी
सँधै गणना भित्र पर्दछौं
गणना गर्दछौ
श्रृतु समय र कालको
अबोधताको पराकाष्ठ
अगणीत
हामी भित्रको सुन्य
सुन्य भित्रको हामी
निमग्न
अणना गराउँदै छौ

पूर्ण
कोहि पनि छैन
केहि पनि छैन
उषा दिन बिना अपूर्ण
दिन संन्ध्या बिना अपूर्ण
संन्ध्या रात बिना अपूर्ण
रात उषा बिना अपूर्ण
पला पलामा दौड छ
सवैको, सँधै
गतीवान बनेर
कोहि गिर्दै उठ्छन्
कोहि उठ्दै गिर्छन्
साना झार माडिन्छन्
बोट उखेलिन्छन्
रुख काटिन्छन्
हुर्काई बढाई प्रतिफल सुन्य
बस्तुतः
खोज के को
लक्ष कहाँ
प्राप्ती के
जवाफ गोल
दिमाग सुन्य
सत्य
केवल सुन्य  ||
September 20, 2012

No comments: