गजल
मीठा ती शब्दभरि, हिलो हुन्छ था' थे'न
कठै ! बेनामी पनि, पिलो हुन्छ था' थे'न
मेरो अगाडी सँधै मरुभूमी हुन्थ्यो दिल्
लुकिलुकि यो पनि गिलो हुन्छ था' थे'न
हरेक शुक्ति पढेँ, चारैतिर दैव छ
साँच्चैको दैव तर शिलो हुन्छ था' थे'न
कतै दियालो कतै रोशनीको छायाँ छ
यता उषाको गति ढिलो हुन्छ था' थे'न
No comments:
Post a Comment