Share Bottom

Monday, October 24, 2016

कविता -- तृप्तीको गीत


पण्डितजी तिमी गोरसमा डुबुल्कि मारेर मालपुवाको मिष्ठान्न भोजनले तृप्त ईश्वर सम्झाउने मन्त्र पढाउन खोज्छौ म पाप्रा उप्किने सुखा रोटिमा केवल जीवन बाँचे सूत्र खोज्छु मौलवी साहब तिमी बकर इदको कबाब परौठामा बेरेर डकारे पश्चात् अल्लाहको गुनगानमा आयात पढ्न भन्छौ म मांस विहिन आफ्ना करंगहरुमा केवल बाँच्ने उपक्रम गरी रहन्छु डियर पास्चर तिमी चौरासी व्यञ्जन र वाइन सहितको रात्रीभोज निमिट्यान्न पारेर सबैको सुखका लागि कुनै भर्स पढेर आमेन भन्छौ म रित्ता थालहरुमा पानी भरेर केवल भोकको आगो मेटाउन खोज्छु म भोकले रन्थनिएको छु लर्बरिएको छु ईश्वर अल्लाह र जिजसले कहिल्यै मेरो पेटाग्नी शान्त पार्न कुनै मन्त्र पढेनन् कुनै आयात भनेनन् कुनै भर्स सम्झाएनन् त्यसो भएको भए म चिर्ने थिएँ आफ्नै जिब्रो चार भागमा र गाउँने थिएँ तिमीले भन्दा चर्का स्वरमा हजारौँ पटक ईश्वरको बन्दना हो एक पटक आऊ पार शान्त मेरा क्षुधा र सुन तृप्तीको गीत तिमीले गाउने भजन भन्दा त्यो अवश्य मीठो गुञ्जिने छ अवश्य अलौकिक लाग्ने छ ||

No comments: