गुनकेशरी
कुमारी आशाका पुन्तुरो
हृदयमै थाँती राखी
आँखाभरी बिस्कुन फैलाउँदा
अतिक्रमित हुन्छन्
समय बडो निर्दयी छ
चुपचाप टेक्ने पाईलाले
फुलहरुलाई बक्सँदैन
रहरका फोकाहरुलाई
बिना संकोच फोडेर
बेसरम समय
गुनकेशरी
निदाउनका लागी
आशा , भरोसा र सन्तोषका चोयाले
बुनिएको डालो भरि
निन्द्रा चाहिन्छ
भाग्य बडो जण्ड छ
लावा मिसीएको सास फेर्छ
अगस्ती भाग्य
भर्खरै लागेका पिपिरो झुल्साएर
उदण्डताका साथ नाच्ने गर्छ
गुनकेशरी
जिन्दगी
भारमा सुकाएको
शिकार रहेछ
आगोले सेक्छ
धुँवाले पर्पर्याउँछ
सेकिएर आफैमा चाम्रिंदा
उफः भन्न नपाईने
नाईं भन्न नसकिने
लाचार नियती
ओझेलमैं सँधै
आँखा चिम्लन्छ
गुनकेशरी
अनिन्द्रित आँखाहरु
कुमारी आशाहरु
र
भारको जिन्दगी
त्यही राख
त्यहीँ
बिना स्वार्थ
हृदयमा उम्रिएको झाडीमा
जहाँ
हाम्रो संवेदना बाहेक अरुलाई
प्रवेश निषेध छ ।
June 17, 2012
June 17, 2012
No comments:
Post a Comment