Share Bottom

Showing posts with label साहित्य/कविता. Show all posts
Showing posts with label साहित्य/कविता. Show all posts

Wednesday, August 14, 2013

कविता >तिम्रो याद

 संझनाको  छारोले आँखा बिझाउँदा
धमिलिएका आँखाहरुले देखें
 चुपचाप
भुईमा संगै टाँसिएका एक जोडी छाँया
 सर्दै सर्दै गएको
 माथी घाम प्रखरै थियो
 अझै मैले छुट्टिनुमा
 बेलाबेलामा छेलिने
 घाम दोषी देखें
 र

कविता > छोरी र धर्काहरु

छोरी र धर्काहरु  
अनवरत
केही लेख्ने धूनमा
धुलाम्मे आँगनलाई
पाटी बनाउँदै
हाँस्दै गुन्गुनाउँदै
मेरी सानी छोरी
केही कोर्छे, फेरि मेट्छे
फेरि कोर्छे, फेरि मेट्छे

कविता > गुनकेशरी

गुनकेशरी
कुमारी आशाका पुन्तुरो
हृदयमै थाँती  राखी
आँखाभरी बिस्कुन फैलाउँदा
अतिक्रमित हुन्छन्
समय बडो निर्दयी छ
चुपचाप टेक्ने पाईलाले
फुलहरुलाई बक्सँदैन
रहरका फोकाहरुलाई
बिना संकोच फोडेर
बेसरम समय
निर्लज्जताका साथ हाँस्छ

कविता आवाज

 रविका मद्धिम किरणको फैलावटसँगै
पखेटा फड्फडाएर चराहरुका कोकिल कण्ठबाट
करतल चिरबिराहट निस्कन्छ
हरेक घरबाट निन्द्रा भाग्दछ
जगत जाग्दछ
यो आवाज नै त हो