Share Bottom

Thursday, January 9, 2014

कविता - बाका औंला

कविता - बाका औंला

यी मिर्मिरे हुन्
या
मेरा पलक फर्फराएका ?
यो सूर्य हो
या
मेरो गति बढेको ?
यो समय हो
या मेरो दिनचर्या ?
उषाको हाराहारी
म पनि व्युँतन्छु
सँगैको रविसँग
प्रतिस्पर्धा
आज पनि भएकै छ


थाकेको छैन

हारेको छैन

लड्दै छु
म भिड्दै छु
बिश्रााममा
पूर्णकदका दर्पण
प्रतिबिम्बित गर्छन्
मेरो उँचाई
मेरो सफलता
मेरो हिम्मत
तर
कुनामा
सल्वलाएको देख्छु
थाकेको लर्खराएको
एक्लो
सहाराको लागि
छट्पटाएको
छहारी हीन
सुशुप्त छाँया

आत्तिएर
सहाराका लागि
हात फैलाउँछु
अगाडि तेर्सिन्छन्
बा का औंला

No comments: