Share Bottom

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, May 7, 2019

लघुकथा : सम्मान



सभाहलमा एक प्रसिद्ध संस्थाको बार्षिक कार्यक्रमका साथै वरिष्ठ कविहरूलाई बिबिध विधामा पुरस्कार तथा सम्मान गरिने भएकाे थियाे । कार्यक्रम सुरु भयाे, मञ्चमा अासन ग्रहणकाे लागि बाेलावट भएका नामसँगै तारिफकाे पाेकाे र विशेषणका गुठरी जाेड्न थालियाे । सम्मान तथा पुरस्कार ग्रहण गर्नेहरुको संख्या लगभग पचास साठीको हाराहारीमा थिए । समयमै काेही नपुगेकाले एक त कार्यक्रम एक घण्टा ढिला सुरु भयाे, त्यसमाथि कार्यक्रम संचालकले अाफ्नाे बक्तृत्व कला देखाउने माैका गुमाउन नचाहेकाेले कार्यक्रम झनै लम्बिन थालेकाे थियाे । वक्ताहरू अाउँदै गए, अनावश्यक बयानवाजीमा समय खाँदै गए । यता अायाेजकलाई भने समयमै सभाकक्ष खाली गरिदनु पर्ने पिरलाेले सताऊन थाल्याे । जतिसक्दाे छिटो कार्यक्रम टुङ्ग्याउन संकेत गरे पनि कार्यक्रम लम्बिदै गयाे । प्रमुख अतिथिले संचालककाे विवसता बुझेका थिए, तर उनी पनि लचार हुन बाध्य भए । अन्त्यमा
प्रमुख अतिथिबाट पुरस्कार वितरणकाे घाेषणा भयाे । प्रमुख अतिथि उठे, माइकमा गए र भने, " अाज सम्मानित हुनुहुने आदरणीय कविज्यूहरू तथा विभिन्न विधामा पुरस्कृत हुनलाग्नु भएका माहानुभावहरू, समयाभाव र सभाकक्ष खाली गरिदिनु पर्ने बाध्यताका कारण म तपाईंहरू सबैलाई आ-आफ्नो नामको पुरस्कार र प्रमाणपत्रहरू अागाडि अाएर आफैले खोजेर लिएर जान हुन हार्दिक अनुरोध गर्दछु । साथै आफुलाई मन पर्ने रङ्गको खादा पनि लगाएर संस्थाको इज्जत राखिदिन हुन अनुरोध गर्दछु ।'

सम्मानित हुनु पर्ने कविहरू तथा पुरस्कृत हुनु पर्ने व्यक्तित्वहरूलाई मञ्चमा सजाएर राखिएका पदक तथा पुरस्कारले गिजाउन थाल्याे ।
तर एकै छिनमा तछाँड मछाड गर्दै प्रमाणपत्र खोज्न र पुरस्कार खाेज्नेहरू ब्यस्त देखिन थाले, खादाले गर्दन बेरिन थाल्याे तर कार्यक्रम भने सेल्फीकाे फ्ल्यास लाइटमा पनि मधुराे भएर मर्याे ।

समाश्री

Saturday, April 5, 2014

"दाई" !

लघु कथा !
..
November 29, 2010 at 10:57pm
आज भोलि दाईलाई गाउँ गनाउन थालेको छ
गाउले हरु मुर्ख हुन्छन भन्नु हुन्छ ,
दाजुले आज भोलि राजनीतिक र साहित्यिक  लेखहरु लेख्न थालेका छन् |
गाउँको राजनीतिलाई खत्तम  भन्छन ,किन कि दाजु आज भोलि जिल्ला स्तरीय राजनीतिमा ब्यस्त छन् |  नारी साँप  हो बिषालु साँप  भन्नु हुन्छ किन कि  दाजुले धेरै गाउँका धेरै दिदि बहिनीलाई आफ्नो शिकार बनाउनु भएको थियो पोहर साल मात्र भुन्टीले बतासे छोरा जन्माइन  रे दाजुको घरमा भात भान्छा गर्न बसेकी थिइन  दाई जन कारबाही मा पर्नु भएको  छ रे | 

Saturday, August 24, 2013

ठगी सानो बिवेचना !

बिपुल सिजापति व्दारा लिखित कथा ठगीमा पुरानो मान्यतालाई निरन्तरता दिदै बंशबृद्धिको लागि एक बिवाहिता स्त्रीले अपनाएको कु/सु/मार्गको चित्रण गरिएको छ । संक्षेपमा कथा यस प्रकार छ । सरोज अध्यात्मालाई एकतर्फि प्रेम गर्दछ र अध्यात्मा सरोजको प्रेमलाई बुझ्दाबुझ्दै पनि लत्याएर श्रृषभसंग विवाह गर्छिन र चार वर्षसम्म सन्तान सुखबाट बन्चित भएपछि सासूससुरा र पतिको पनि चाहना अनुसार कृतिम गर्भाधान गराउँने निर्णयमा पुग्छिन् । यसको लागि उनले सबैभन्दा उत्तमपुरुष सरोज नै देख्दछिन् र सरोजबाट छल व्दारा गर्भवति हुन्छिन् । यस कथामा अध्यात्माको सासूससुरालाई गौणरुपमा देखाईए तापनि उनीहरूलाई पारम्परिक बंशबृद्धि चाहने बिचारको बिम्बको रूपमा देखाईएको छ ।