Wednesday, January 6, 2021
Wednesday, December 16, 2020
हिन्दी गजल
suresh nachij
ऐ मौत उन्हें भुलाए ज़माने गुज़र गए
आ जा कि ज़हर खाए ज़माने गुज़र गए
ओ जाने वाले! आ कि तेरे इंतज़ार में
रस्ते को घर बनाए ज़माने गुज़र गए
ग़म है न अब ख़ुशी है न उम्मीद है न यास
सब से नजात पाए ज़माने गुज़र गए
क्या लायक़-ए-सितम भी नहीं अब मैं दोस्तों
पत्थर भी घर में आए ज़माने गुज़र गए
जाने-बहार फूल नहीं आदमी हूँ मैं
आ जा कि मुस्कुराए ज़माने गुज़र गए
क्या-क्या तवक्कोअत थी आहों से ऐ 'ख़ुमार'
यह तीर भी चलाए ज़माने गुज़र गए
हर इक फ़ैसला उस ने बेहतर किया
मुझे आँख दी तुम को मंज़र दिया
Tuesday, April 21, 2020
Monday, April 20, 2020
Thursday, March 12, 2020
Tuesday, May 7, 2019
लघुकथा : सम्मान
सभाहलमा एक प्रसिद्ध संस्थाको बार्षिक कार्यक्रमका साथै वरिष्ठ कविहरूलाई बिबिध विधामा पुरस्कार तथा सम्मान गरिने भएकाे थियाे । कार्यक्रम सुरु भयाे, मञ्चमा अासन ग्रहणकाे लागि बाेलावट भएका नामसँगै तारिफकाे पाेकाे र विशेषणका गुठरी जाेड्न थालियाे । सम्मान तथा पुरस्कार ग्रहण गर्नेहरुको संख्या लगभग पचास साठीको हाराहारीमा थिए । समयमै काेही नपुगेकाले एक त कार्यक्रम एक घण्टा ढिला सुरु भयाे, त्यसमाथि कार्यक्रम संचालकले अाफ्नाे बक्तृत्व कला देखाउने माैका गुमाउन नचाहेकाेले कार्यक्रम झनै लम्बिन थालेकाे थियाे । वक्ताहरू अाउँदै गए, अनावश्यक बयानवाजीमा समय खाँदै गए । यता अायाेजकलाई भने समयमै सभाकक्ष खाली गरिदनु पर्ने पिरलाेले सताऊन थाल्याे । जतिसक्दाे छिटो कार्यक्रम टुङ्ग्याउन संकेत गरे पनि कार्यक्रम लम्बिदै गयाे । प्रमुख अतिथिले संचालककाे विवसता बुझेका थिए, तर उनी पनि लचार हुन बाध्य भए । अन्त्यमा
प्रमुख अतिथिबाट पुरस्कार वितरणकाे घाेषणा भयाे । प्रमुख अतिथि उठे, माइकमा गए र भने, " अाज सम्मानित हुनुहुने आदरणीय कविज्यूहरू तथा विभिन्न विधामा पुरस्कृत हुनलाग्नु भएका माहानुभावहरू, समयाभाव र सभाकक्ष खाली गरिदिनु पर्ने बाध्यताका कारण म तपाईंहरू सबैलाई आ-आफ्नो नामको पुरस्कार र प्रमाणपत्रहरू अागाडि अाएर आफैले खोजेर लिएर जान हुन हार्दिक अनुरोध गर्दछु । साथै आफुलाई मन पर्ने रङ्गको खादा पनि लगाएर संस्थाको इज्जत राखिदिन हुन अनुरोध गर्दछु ।'
सम्मानित हुनु पर्ने कविहरू तथा पुरस्कृत हुनु पर्ने व्यक्तित्वहरूलाई मञ्चमा सजाएर राखिएका पदक तथा पुरस्कारले गिजाउन थाल्याे ।
तर एकै छिनमा तछाँड मछाड गर्दै प्रमाणपत्र खोज्न र पुरस्कार खाेज्नेहरू ब्यस्त देखिन थाले, खादाले गर्दन बेरिन थाल्याे तर कार्यक्रम भने सेल्फीकाे फ्ल्यास लाइटमा पनि मधुराे भएर मर्याे ।
समाश्री
तर एकै छिनमा तछाँड मछाड गर्दै प्रमाणपत्र खोज्न र पुरस्कार खाेज्नेहरू ब्यस्त देखिन थाले, खादाले गर्दन बेरिन थाल्याे तर कार्यक्रम भने सेल्फीकाे फ्ल्यास लाइटमा पनि मधुराे भएर मर्याे ।
समाश्री
Friday, November 16, 2018
कविता - गुदी
थाहा छैन
केही नाता सम्बन्धमा
मैलै ताल्चा लगाउन भुलेँ या
ढोका खुल्लै छाेडेर अाएँ
फर्किएर हेरेकाे भए सायद
हेक्का हुन्थ्याे हाेला
तर त्यतिबेला
समय अाफैमा बग्दै थियाे आफ्नै गतिमा
भित्तामा केही तस्वीरहरू छन्
फ्रेममा कैदी भएर थुनिएका
धमिराले खाएका ती तस्वीरहरू
बर्षाैँ ढुसी किराका अाहार बनेका छन्
केही धमिला अनुहार त्यहाँ चिहाउँँदै छन्
अाधाअधुरा फिक्काफिक्का अनुहारहरू
जाे किस्ता किस्तामा जिन्दगी बाँचेका छन्
किस्तामा हारेका अनुहारहरू
कहिल्यै साबुत रहँदैनन्
भित्र खाेक्राे जीवनमा
कतै केही सल्बलाई रहेछ
रगरगाईरहेछ
मानाैं
धमिरा खाेक्राे काठभित्र भाेकाे छ
भाेक
सबैभन्दा ठूलाे अभिशाप हाे जिन्दगीकाे
भाेकले
कहिलेकाँही अाफ्नै अस्तित्व खाइदिन्छ
शून्य बनाइदिन्छ,खाेक्राे बनाई दिन्छ भित्र
तब त चर्किएकाे भित्तामा
कुनै फाेटाे टाँस्न
हम्मेहम्मे पर्छ
किल्ला अड्याउन पनि
गुदी चाहिन्छ
जुन कहिँकतै भित्र बिल्कुल छैन ।
केही नाता सम्बन्धमा
मैलै ताल्चा लगाउन भुलेँ या
ढोका खुल्लै छाेडेर अाएँ
फर्किएर हेरेकाे भए सायद
हेक्का हुन्थ्याे हाेला
तर त्यतिबेला
समय अाफैमा बग्दै थियाे आफ्नै गतिमा
भित्तामा केही तस्वीरहरू छन्
फ्रेममा कैदी भएर थुनिएका
धमिराले खाएका ती तस्वीरहरू
बर्षाैँ ढुसी किराका अाहार बनेका छन्
केही धमिला अनुहार त्यहाँ चिहाउँँदै छन्
अाधाअधुरा फिक्काफिक्का अनुहारहरू
जाे किस्ता किस्तामा जिन्दगी बाँचेका छन्
किस्तामा हारेका अनुहारहरू
कहिल्यै साबुत रहँदैनन्
भित्र खाेक्राे जीवनमा
कतै केही सल्बलाई रहेछ
रगरगाईरहेछ
मानाैं
धमिरा खाेक्राे काठभित्र भाेकाे छ
भाेक
सबैभन्दा ठूलाे अभिशाप हाे जिन्दगीकाे
भाेकले
कहिलेकाँही अाफ्नै अस्तित्व खाइदिन्छ
शून्य बनाइदिन्छ,खाेक्राे बनाई दिन्छ भित्र
तब त चर्किएकाे भित्तामा
कुनै फाेटाे टाँस्न
हम्मेहम्मे पर्छ
किल्ला अड्याउन पनि
गुदी चाहिन्छ
जुन कहिँकतै भित्र बिल्कुल छैन ।
Wednesday, October 25, 2017
कविता -- प्रीतम रेखा र प्रेम
काेठाकाे बीचाैँबीच
माैन एसट्रे छ
एसट्रेमा अस्तित्व गुमाएकाे ठुटा चुराेटहरू छन्
तिमीले उडाएर गएकाे धुँवा छ
तिम्राे गन्ध छ
मेराे मन
रङबङ्गिएकाे धुँवा बीचमा पनि
तिम्राे गन्ध सुँघ्न लालायित छन्
मेरा अाैँला
निभेका ठुटा उठाउन सकसक छन्
मेरा दुई अाेंठ
ठुटालाई बीचमा च्याप्न उत्सुक छन्
म
उठाउँछु ठुटा एसट्रेबाट च्याप्छु दुई अाेंठ बीच
र
महशुश गर्छु तिम्राे चुम्बन
डुब्छु
प्रेमकाे सराेवरमा
तिमी धुँवा
सक्दिन उडेकाे राेक्न
र त भर्छु फाेक्साेभरि
मिसाउँछु अाफैलाई त्यहाँ
र बन्छु धुँवा धुँवा
मलाई तिमीसँगै मिसिएर
यसरी नै बिलाउने मन छ ।
ख्वाहिश तिमी ठुटाे चुराेट र एसट्रेकाे छ
ख्वाहिश ठुटाे चुराेट मार्फत चुम्बनकाे छ
त्याे चुपचाप राेकिएकाे समय
त्याे जड भएकाे पला
त्याे जमे जमेझैँ सास
त्याे राेकिए राेकिएझैँ धडकन
त्याे तिमी चुपचाप मेराे सामुन्ने अाउनु
त्याे देखेर नि नदेखेझैँ गर्नु
त्याे फर्केर नहेर्नु रत, हेर्ने अाकांक्षा गर्नु
त्याे अाफैमा पिल्सिएर एक पल जिउनु
त्याे अाफैमा जिउदा नि एक पल मर्नु
त्याे एक दर्शनमा मेराे सबथाेक लुटिनु
त्याे गुनासाे चित्तदुखाइ मेरा अात्मैबाट मेटिनु
त्याे बन्द अाेंठमा राेइरहेकाे माया लुक्नु
त्याे नबाेलिएका शब्द मेराे कानमा गुञ्जनु
त्याे प्रलय थियाे त्याे प्रलय थियाे
ख्वाहिश
अझै थुप्रै अाकस्मिकताकाे छ
अझै थुप्रै प्रलयकाे छ ||
( फोटो साभार गूगल )
Friday, September 15, 2017
Monday, September 11, 2017
कविता - म शब्दसँग डराउँछु
म शब्दसँग डराउँछु
तिमी प्रेम भन या घृणा
दुवै शब्द नै हुन्
एक घाम त
अर्काे त्यही घामले जन्माउनेे छाया
जब अाेंठका पातला चेपबाट
तप्किन्छन् शब्द
तब म खाेज्दछु यसकाे मूल
मस्तिष्कका मिहिन काेशिकाबाट छानिएर
अन्तरालबाट निस्किएका यी बाफ
निस्किएपछि किन
कहिले फूल बन्छ कहिले लावा !
प्रेषक र प्रापककाे बीच
कुन रसायन छ ? कुन भाइरस छ ?
जसले शाब्दिक अर्थ र तात्त्विक अर्थ गाेलमटाेल गर्छ !
कविता लेख्दै गर्दा
डर लाग्छ मलाई शब्द देखेर
सशंकित हुन्छु लेख्दालेख्दै
उत्प्रेरक अलङ्कारहरूमा सजाएर
अर्थ भर्न खाेजेकाे मेराे शब्दले
उत्तेजककाे कालाे बुर्का लगाएर कतै बिद्राेह त गर्दैनन् ?
साेह्रश्रृङ्गारमा लिपपाेत गरेर सुन्दर बनाएकाे शब्द
कतै सुन्दरिलेझैँ विप्लब त मच्चाउँदैनन् ?
जन्मपछि क्षर हुँदैनन्
मासिदैनन् अक्षरहरू
सत्य बन्छन् साक्षी प्रमाण बस्छन्
ईन्द्रेणाीमा घुलिएका हरेक रङ्ग स्पष्ट देखाउँछन् अक्षर
मेराे शब्दकाे प्रेम चिनाउँछ
मेराे शब्दकाे घृणा चिनाउँछ
मलाई खाँट्टी "म" चिनाउँछ
शब्द प्रेम पनि शब्द घृणा पनि
त्यसैले कवितामा
म सधैँ शब्दसँगै हराउँछु पनि
म सधैँ शब्दसँग डराउँछु पनि ||
{कवि TP Abhinawभन्नु हुन्छ शब्द हि ब्रह्म है-उपनिषद | कविता एकदमै सुन्दर छ, डर शब्दसँग हो, यात्रा शब्द हुँदै निशब्द तिरको हो |}
तप्किन्छन् शब्द
तब म खाेज्दछु यसकाे मूल
मस्तिष्कका मिहिन काेशिकाबाट छानिएर
अन्तरालबाट निस्किएका यी बाफ
निस्किएपछि किन
कहिले फूल बन्छ कहिले लावा !
प्रेषक र प्रापककाे बीच
कुन रसायन छ ? कुन भाइरस छ ?
जसले शाब्दिक अर्थ र तात्त्विक अर्थ गाेलमटाेल गर्छ !
कविता लेख्दै गर्दा
डर लाग्छ मलाई शब्द देखेर
सशंकित हुन्छु लेख्दालेख्दै
उत्प्रेरक अलङ्कारहरूमा सजाएर
अर्थ भर्न खाेजेकाे मेराे शब्दले
उत्तेजककाे कालाे बुर्का लगाएर कतै बिद्राेह त गर्दैनन् ?
साेह्रश्रृङ्गारमा लिपपाेत गरेर सुन्दर बनाएकाे शब्द
कतै सुन्दरिलेझैँ विप्लब त मच्चाउँदैनन् ?
जन्मपछि क्षर हुँदैनन्
मासिदैनन् अक्षरहरू
सत्य बन्छन् साक्षी प्रमाण बस्छन्
ईन्द्रेणाीमा घुलिएका हरेक रङ्ग स्पष्ट देखाउँछन् अक्षर
मेराे शब्दकाे प्रेम चिनाउँछ
मेराे शब्दकाे घृणा चिनाउँछ
मलाई खाँट्टी "म" चिनाउँछ
शब्द प्रेम पनि शब्द घृणा पनि
त्यसैले कवितामा
म सधैँ शब्दसँगै हराउँछु पनि
म सधैँ शब्दसँग डराउँछु पनि ||
{कवि TP Abhinawभन्नु हुन्छ शब्द हि ब्रह्म है-उपनिषद | कविता एकदमै सुन्दर छ, डर शब्दसँग हो, यात्रा शब्द हुँदै निशब्द तिरको हो |}
Tuesday, May 2, 2017
पुस्तक समिक्षा :अल्पविराम भित्र पाठक भएर
![]() |
http://kharibot.com/2017/03/91560/
पुस्तक समिक्षा : अल्पविराम भित्र पाठक भएर समिक्षक +bipulshree sijapati
प्रश्न त आगो हो र कविले त्यसलाई ज्योति बनाएर समाजलाई बाटो देखाउनुपर्छ । एक सचेत कवि आशावादी हुन्छ र राजनीतिका प्रभावले उत्पन्न जटिलतालाई केलाएर सचेत गर्नु, मार्गनिर्देशित गर्नु कविको धर्म हो र यो धर्म कविबाट पूर्णरुपेण निर्वाह भएको छ । - See more at: http://kharibot.com/2017/03/91560/#sthash.506mUa22.dpuf http://kharibot.com/2017/03/91560/
Monday, May 1, 2017
कवि Ram Gopal Ashutosh भन्नुहुन्छ
कवि समा श्रीका कविताको बान्की लोभलाग्दा हुन्छन् । उनको कविताको कथामा पात्रहरूले बेपर्वाह पौडी खेल्छन् ।
अचेलका कस्मेटिक कविता जो सेमिनार, महोत्सव आदिमा जबर्जस्ती घुस्छन् । र, एउटा स्वघोषित लेवल लाग्छ । कविहरू, कविलाई ग्वाम्लाङ्ग छाँद हाल्न पुछन् ।
तर समा श्रीका कविता पाठकका मुटु छाम्छन् । नशा नशामा पुगेर औषधोपचार गर्छन् । एउटा नशा मलाई पनि लागेको छ । म उस्तो उँचाइमा उडाउने र उड्ने पाठक होइन । तर, मेरो एउटा लत छ कविलाई सार्वजनिक ठाउँमा ग्वाम्लाङ छाँद हाल्ने होइन, कवितालाई मर्फिन शैलीमा पिएर मदहोशीमा बर्बराउने ।
म भक्तपुरे हुँ । भक्तपुरमा कविता उडिरहन्छ । चोक, गल्ली, मठ-मन्दिरमा । काठका टुँडाल या पथ्थरका छातीमा । मन्दिरका भित्ता या भक्तपुर ग्रामका भक्तका गलामा । कविता गुञ्जिरहेको देख्छु ।
म देख्छु कवि समा श्री मजस्तै रैथाने कवि हुन् जो इजरायलमा कविता रोपिरहेकी छन् ।
उनका कविता उताबाट पनि मगमगाइरहेका छन् । तर, अपवाद उनलाई स्विकार्ने हिम्मत प्राय: कवि र आक्टिविष्ट भनाउँदामा छैन ।
कवि समा श्रीका कविताको बान्की लोभलाग्दा हुन्छन् । उनको कविताको कथामा पात्रहरूले बेपर्वाह पौडी खेल्छन् ।
अचेलका कस्मेटिक कविता जो सेमिनार, महोत्सव आदिमा जबर्जस्ती घुस्छन् । र, एउटा स्वघोषित लेवल लाग्छ । कविहरू, कविलाई ग्वाम्लाङ्ग छाँद हाल्न पुछन् ।
तर समा श्रीका कविता पाठकका मुटु छाम्छन् । नशा नशामा पुगेर औषधोपचार गर्छन् । एउटा नशा मलाई पनि लागेको छ । म उस्तो उँचाइमा उडाउने र उड्ने पाठक होइन । तर, मेरो एउटा लत छ कविलाई सार्वजनिक ठाउँमा ग्वाम्लाङ छाँद हाल्ने होइन, कवितालाई मर्फिन शैलीमा पिएर मदहोशीमा बर्बराउने ।
म भक्तपुरे हुँ । भक्तपुरमा कविता उडिरहन्छ । चोक, गल्ली, मठ-मन्दिरमा । काठका टुँडाल या पथ्थरका छातीमा । मन्दिरका भित्ता या भक्तपुर ग्रामका भक्तका गलामा । कविता गुञ्जिरहेको देख्छु ।
म देख्छु कवि समा श्री मजस्तै रैथाने कवि हुन् जो इजरायलमा कविता रोपिरहेकी छन् ।
उनका कविता उताबाट पनि मगमगाइरहेका छन् । तर, अपवाद उनलाई स्विकार्ने हिम्मत प्राय: कवि र आक्टिविष्ट भनाउँदामा छैन ।
Saturday, April 22, 2017
Monday, October 24, 2016
कविता -- तृप्तीको गीत
Friday, October 14, 2016
भूमध्यसागरबाट काठमाडौ सम्झेर
प्रिय काठमाडौँ
विदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद,
प्रत्यक्ष कुराकानीका अलावा पनि यसरी कागजमा आफ्ना भावना पोख्दा मैले कस्तो सुखानुभुती गरेकी छु, त्यो सम्पूर्ण खुलेर भन्न त सक्दिन । तर अक्षरहरु खाली पानामा लेखि रहदा म तिम्रो अनुहारमा झल्कन जाने विभिन्न भावहरुलाई प्रतेक अक्षरमा प्रष्ट अनुभूत गर्दै छु । यस्तो लाग्दैछ मानौ, म तिम्रा अगाडि अक्षर भएर उभिइ रहेकी छु र तिमी निर्वादसँग मलाई अक्षर अक्षर पढि रहेका छौ । के यो आफ्नै प्रकारको अनुभव र अनुभूति होइनन् र ?
प्रिय काठमाडौँ, रेखाहरू सरल पनि हुन्छ्, बाङ्गाटिङ्गा पनि हुन्छ् । ग्लोबको त्यस ठाउँबाट यस ठाउँलाई सरल रेखाले पनि जोडन सकिन्छ र वायुमार्गका बाङ्गाटिङ्गा रुटहरूबाट पनि जोड्न सकिन्छ । तर खै किन हो कुन्नि, सायद तिमीसँग सरल आत्मीय रेखाबाट जोडिएकोले भएर पनि होला, मलाई सरल रेखाबाट नै तिमीसँग जोडिन मन लाग्छ । सरल सोझो रेखा हेर्दा सामान्य देखिए पनि यो आफ्ना एक एक घर, एक एक कोठामा मधुर गुञ्जन बोकेर चुपचाप बसी रहने कुनै विणाको तार जस्तै हुँदो रहेछ । नचलाईएका यिनै एक लम्ब तारहरूका कोठामा तिमीलाई भेटने, तिमीलाई हेर्ने, सुम्सुमाउने र आत्मसात गर्ने चाहनाहरु यता बर्षौँदेखि कैदी भएर नबसेका होइनन्, छन् । उता तिमीले जतन गरी राखेका तिम्रा अनुरोध, घुर्की, माया, वास्ता र मोह आदिले पनि मलाई बारम्बार नघचघचाएका, नपिरोलेका र नबिझाएका होइनन्, मनग्गे छटपटाइ दिएका थिए, छन् । वातयाममा म झंकृत भएर हरबखत तिमीलाई भेटन चाहनाको भ्रुण कोखमा पालिरहन्छु । तर जति पटक यो भ्रुण हुर्केला जस्तो हुन्छ, त्यति पटक नै विवषता आएर हरिताल पिउन बाध्य बनाउँछ र मेरा रहरका भ्रुणहरू तुहिइ रहन्छन् । जीवन सरल देखिन्छ मात्र, सरल कहिल्यै बनिदिँदैन । यसपालि तिमीलाई भेटने मेरो उत्कट चाहनाका भ्रुणको फेरि अधिग्रो गएको छ । त्यसैले त व्यथित म मेरा अधिग्रो गएका सपनाहरूको रङ्ग कागजमा लेप्दै छु नि ।
छैन छैन, मलाई बातयामको मोह पटक्कै छैन । आमाको काखभन्दा मनमोहक स्वर्ग त हुँदैन भने बातयाम र तिम्रो के तुलना र ! रहरले पुगेकी भए पो यसको सौन्दर्यमा सम्मोहित भएँ भन्नु ! त्यसो पनि त हैन । फेरि एक मनले तिमी विदेशिएपछि सबैका आँखामा पैसा लिसोझैँ टाँसिन्छ पनि भन्दा हौ । तर हाय मेरो दुर्भाग्य र विवशता ! हाम्रो लागि यतातिरको ए.टि.एम. पनि कुनै कार्डले खुल्दैन, पसिनाले बेस्सरी चिस्याएपछि मात्र अलिकति उघ्रेको जस्तो भईदिन्छ । हो, यति नै वेला मलाई डेबिड कार्ड प्रयोग गर्नेहरूका हात चटकीका जादु देखाउने तिलस्मी हातझैँ लाग्छन् ।
प्रिय काठमाण्डौं, मैले छोडेदेखि अचेल त तिमी निक्कै फेरीएकी छ्यौ अरे त ! असनको गल्लीमा डुल्ने हजारौँ मीठामीठा अनुहारहरू भावनाशून्य भएर चलायमान मात्र देखिन्छन् अरे । साँच्चै के ले खोस्दैछ ती ओठका आवारा मुस्कानहरूलाई ? केले उडाइ दिँदैछ आँखाका ती अबोध चमकहरूलाई ? मान्छे किन भीडमा पनि नितान्त एक्लो बन्दैछ । किन संवेदनाहीन हुँदैछन् तिम्रा आँगनमा डुल्ने पाहुनाहरू ? कसले हृदय निकालेर निश्पृह यन्त्र राखी दियो मानिसको छाती भित्र ? कहाँ हरायो तिम्रो चपलता ? तिम्रो बोलाईमा पनि स्वार्थको कुहिगन्ध आउन थालेको छ अरे । परदेशको जिन्दगी त यान्त्रिक हुन्छ भनेर तिमीले नबुझेका होइनौ तर सन्चो बिसन्चोको एउटा औपचारिकताका शब्दहरूलाई पनि तिमीले आफ्नो शब्दकोषमा जसोतसो मात्र ठाउँ दिएका छौ अरे । के अब तिम्रो र मेरो सम्बन्ध र आत्मियता केवल सपिङ लिस्टमा मात्र सीमित भएको हो त ? तिम्रो कुराकानी केवल यहाँका मलहरुमा गुञ्जिने विलासी महंगा ब्राण्डेड सामानका चाहनाको गनगन मात्र हुन त ? मान्छे एक्लिदा त्यसका अन्तरआत्मा कति कमजोर हुन्छ भनेर तिमीले बुझेका छौ ? यन्त्रवत जीवनलाई चलाई रहँदा तिम्रा सबै फुर्माइसका ध्वनीहरू पराध्वनीत भएर मेरो एकलासे अपार्टमेन्टमा ठोक्किदा पीडाहरूका सुनामी आँखाबाट त्यसै त्यसै छचल्किन्छन् । मसान्तमा हातले केलाउने पैसाका निधारमा म आफैलाई निचोरेर तिम्रा छाकल टार्ने र लाज छोप्ने मन्त्र बाहेक अरू केही लेखेर पठाउन सक्दिन । मलाई उदेक लाग्दैछ काठमाण्डौँ,
के तिमी पनि रेमिट्यान्सको परजीवी भई सक्यौ र ! परजीवीको आफ्नै मृत्यु त हुँदैन काठमाण्डौँ ।
प्रिय काठमाण्डौ, मेरो बिन्ती सुनेर मलाई बुझिदिने कोशिश त गर । म त मान्छे पो हुँ, संवेदनाहीन पत्थर त होइन नि ! हिजोसम्म सोचेकी थिएँ, तिमीलाई मेरो दुख किन बिझाउँ भनेर । तर अब तिमीले बुझ्नै पर्छ काठमाण्डौँ, खण्डहर बन्दै गरेका मेरा जीवनका प्रतेक दिनहरूलाई । छैन, यहाँ कुनै हरिया डाँडा पनि छैन र सुस्ताउने कुनै चौतारी पनि छैन । यहाँ हरेक पूर्णिमामा व्रत बस्न सकिन्न, घन्टौं एक्लै आफ्नो कोठाको झ्यालबाट सकुन्जेल र देखिन्जेल चुपचाप जुन नियाली बस्न मात्र सकिन्छ । योसेफताल स्ट्रीटबाट भूमध्यसागर बिस मिनेटको पैदल दुरिमा छ,
जहाँ म अकसर पुगिरहेकि हुन्छु । समुन्द्रको तटमा बसेर क्षितिज नियाल्दै गर्दाको समय मनसागरमा ज्वारभाटा चल्न सुरु हुन्छ । त्यसले मच्चाउने उथलपुथलको भनकसम्म पनि काठमाडौ पुग्ला भनेर म निक्कै सचेत हुन्छु । चिसोले गाँजेको बेला पानी तताइ दिने हातको अभावमा रोईरहदा या बातयाममा बेलाबेलामा थला परेर मन कुँडिएको गुनासो आफैलाई बाहेक अरूलाई सुनाउन सकिन्न । यी यावत कुराहरूले मनको अशान्त एक्लो सागरमा शैवालहरू बढेर उकुसमुकुस बढ्न थालेपछी सम्झिरहने काठमाडौ पनि बिर्सिउँ बिर्सिउँ जस्तो मन हुन्छ । गर्न त यो मन धेरै याद गर्छ मेरो आफ्नै घरलाई, आफ्नो ओछ्यानको न्यानोपनलाई र तिमीलाई पनि काठमाण्डौँ, तर तिमीले पनि त एक झल्को मेरो मनको एकांकीपन बुझिदिने कोशिश गरेको भए हुन्थ्यो नि ! हैन र ?
अब त एकलासे भएर बस्ने बानी परेछ काठमाण्डौ । खोइ किन हो हिजोआज बिर्सिदै गइरहेको मेरो आफ्नै भान्छाको मीठास, चाडबाडको रमझम, भीड्भाडको प्यारो होहल्ला र आफन्तको भेटघाटको न्यानो सबै दन्त्यकथा जस्ता लाग्न थालेका छन् । हजारौ माइल पर आएर जिन्दगीलाई आफैले बन्धक बनाए छु जस्तो पनि लाग्छ । तर,
एउटा स्वतन्त्र परिवेशको आदी भैसकेको मेरो मन मस्तिष्क केवल के आफ्नो लागि मात्र बाँच्न चाहान्छ अब ? काठमाण्डौँ, अचेल यस्ता अनेकन प्रश्नहरुका माकुरे जालोमा जिन्दगी किन रुमल्लिदै छ, म आफैले भेउ पाउन सकेकी छैन ।
प्रिय काठमाण्डौँ, तिमी त दसैँको छनकमा नाच्न थालिसकेकी हौली । मेरो गुनासोसँग तिम्रो खुसीको के सरोकार होला र । पहिलो तारिखको पैसा पठाएको खबर मात्र कान थाप्ने तिमीलाई मेरा यी खण्डहर भोगाइका गाथाले बित्थैँमा तितो बनाइँ दिएँ । त्यताको दसैँको मनतातोले यहाँ पनि मधुर रोमाञ्च नल्याएको त हैन । मन भन्छ, केही मौनताहरूले सम्झेका होलान्, माया गरेर हाल खबर सोधेका होलान्, तर खै मेरो मन बुझेको तिमीले, मेरो आफ्नै भएर पनि काठमाडौ ? यतिखेर भूमध्यसागर आफ्नै धुनमा व्यस्त र मस्त छ, सप्तान्त मनाउदैछ, र म बातयामको उही नितान्त एक्लो अपार्टमेन्टको बोझिलो कोठामा आफैसित दसैँ मनाउँ भन्दैछु । मन बलियो भएमा केही हरिया जमरा मेरा कवितालाई लगाइ दिनेछु र राता अक्षताले अनुभूति र पीडालाई रंग्याउने बिचार गरेकी छु ।
प्रिय काठमाडौ, तिम्रो जवाफ पाए यो भूमध्यसागरको बातयामले, मेरो एक्लो अपार्टमेन्टको एकान्तले दसैँमा साथी पाउने थियो ।
समाश्री
हाल : बातयाम इजरायल
हाल : बातयाम इजरायल
Subscribe to:
Posts (Atom)







